पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन २५, काठमाडौँ | </b>आइतबार सुनको मूल्य बढेको छ | शुक्रबारको तुलनामा रु २ सयले बढेर आज छापावाल सुनको मुल्य प्रतितोला रु ८२ हजार सय ५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | <br></p><p>त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८२ हजार २ सय कायम भएको छ | आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ | प्रतितोला चाँदी ८ सय ९० मा कारोबार भइरहेको छ | पछिल्लो दुई साता देखि सुनको मूल्य लगातार आकासी रहेको छ | </p><p>विश्व्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण सुनको मूल्य दिनप्रतिदिन बढिरहेको हो |</p>

