Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज सुनको मूल्य १५ सयले घट्यो,कति पुग्यो प्रतितोला ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत ६, काठमाडौँ | </b>आज सुनको मूल्य प्रतितोला रु.१५ सयले घटेको छ | बिहिबार छापावाल सुन प्रतितोला रु.७५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |&nbsp;<br></p><p>त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ७४ हजार ७ सय कायम भएको छ | सोमबार प्रतितोला ७७ हजार ५ सयमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोलामा रु.२ हजार घटेर ७५ हजार ५ सयमा कारोबार भएको थियो | त्यस्तै बुधबार तोलामा एक हजारले बढेर प्रतितोला ७६ हजार ५ सय कायम भएको सुनको मूल्य आज फेरि तोलामा १५ सय घटेर ७५ हजारमा कारोबार भएको हो |</p><p>बिहिबार चाँदीको मूल्य पनि घटेको छ | बुधबारको तुलनामा रु ९० ले घटेर प्रतितोला ६ सय ८० मा कारोबार भइरहेको छ | विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण अघिल्लो महिना आकासिएको सुनको मूल्य पछिल्लो समय केहि ओरालो लागेको छ |</p>