चैत्र ६, काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको बारे जानकारी दिंदै आम नागरिकहरुमा सचेतना अपनाउनको लागि आफ्ना सेवा प्रयोगकर्ताको मोबाइल र टेलिफोनमा कल गर्दा कलर रिंङ्ग व्याक टोनको रुपमा सन्देश प्रवाह गरिएको टेलिकमका प्रवक्ता राजेश जोशीले साझा सबाललाई जानकारी दिए ।

कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश दिन थालिएको उनले बताए । फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ । हाल टेलिकमका प्रिपेट र पोस्टपेड मोबाइल प्रयोगकर्ता १ करोड ९८ लाख तथा ल्याण्डलाइन फोन प्रयोगकर्ता ६ लाख रहेका छन् |

यी सबैको फोनमा कल गर्दा सन्देश सुन्न सकिने प्रवक्ता जोशीले जानकारी दिए । आजबाट परीक्षणको रुपमा सन्देश बच्ने बनाउन शुरु गरिकोले केहि समय भित्र सिडिएमए फोनमा समेत यो सेवा उपलब्ध गराइने उनले बताए ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सन्देश प्रवाह गरिएकोले यस सेवा वापत सेवाग्राहिले कुनै शुल्क तिर्नु नपर्ने जोशीले बताए |