Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

इसेवामाथिको प्रहार न्योचित छैन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p>चैत २१, काठमाडौँ | भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाले समाचार पोर्टलको समाचार हटाइएको विषयमा आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै नियोजित रुपमा भइरहेको प्रहार कुनै किसिमले न्यायोचित नरहेको बताएको छ । कम्पनीले आज विज्ञप्ति निकालेर विगत केही दिनदेखि एउटा समाचार पोर्टलको समाचार हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध खेद प्रकट गर्दै समाचार हटाइएको भनिएको अनलाइनपोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको पनि स्पष्ट पारेको हो ।<br></p><p><img src="http://sajhasabal.com/uploads/posts/e5460993ac800a560bda20a640afdd541585920113.png" style="width: 476px; float: left;">विगत ११ वर्षदेखि नेपालमा विद्युतीय भुक्तानीको जग बसालेको इसेवाले शुरुआती दिनदेखि नै विभिन्न बाधाव्यवधान र अवरोध बेहोर्दै अहिलेको अवस्थामा आइपुगेको स्मरण गराउँदै इसेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी भएको बताएको छ । ‘इसेवाको संरचना, प्रविधि तथा सेवाहरु राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेको आमग्राहकलाई जानकारी गराउछौँ । इसेवाले ग्राहकलाई भुक्तानी सेवादिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्नअत्यन्त संवेदनशील र प्रतिबद्ध छौँ’, विज्ञप्तिमा भनिएको छ ।</p><p>लकडाउनको यस विषम परिस्थितिमा पनि ग्राहकलाई अनवरत सेवा दिनका लागि हाम्रा कर्मचारी ‘वर्क फ्रम होम’अन्तर्गत २४ सैँ घण्टा सेवामा कटिबद्ध रहेको र अहिलेको परिस्थितिमा नगदरहित भुक्तानीलगायतका सेवा अझ प्रभावकारी बनाउन लागि परेको कम्पनीले उल्लेख गरेको छ । रासस</p>