Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

शंकर ग्रुपका मालिक पक्राउ, यस्तो छ आरोप

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २५, काठमाडौं ।  प्रहरीले शंकर ग्रुप तथा जगदम्बा स्टील्सका मालिक सुलभ अग्रवाललाई पक्राउ गरेको छ । मंगलबार दिउँसो प्रहरीले उनलाई न्यूरोडबाट पक्राउ गरेको हो ।

ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको अभियोगमा अग्रवाललाई पक्राउ गरिएको बुझिएको छ ।

अपराध महाशाखाका अनुसार अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा विक्री गर्न खाजेका थिए । उनको साथबाट ६७ थान थर्मल गन बरामद गरेको एक प्रहरी अधिकृतले बताए ।

कूटनीतिक नियोगको सवारी साधन २०९ एचसिसी १ नम्बरको गाडीमा थर्मल गन बोकेर महँगोमा बेच्दै हिँडेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ। जगदम्बाका संचालक अग्रवाल मेडिकल सामग्री बिक्रेता होइनन्। तर केही समयअघि शंकर ग्रुपले चीनबाट उक्त ग्रुपले सामग्री ल्याएको थियो। विभिन्न व्यवसायीको सामान लिन चीन उडेको नेपाल एयरलाइन्सको जहाजमा उक्त कम्पनीले  सेटिङ गरेर आफ्नो सामान मात्रै ल्याएको थियो।

अग्रवाल नेपालका लागि कीर्तिकिस्तानका अवैतानिक महावाणिज्य दूत पनि हुन् ।