पढ्न करिब 2 मिनेट लाग्छ

वैशाख १०, काठमाडौं | आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२३ रुपैयाँ २४ पैसा तोकेको छ ।

यस्तै, युरो एकको खरिददर १३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८५ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

विश्व कोरोना महामारीको त्रासमा रहँदा त्यसको प्रत्यक्ष प्रभावले नेपाली रुपयाँ निरन्तर कमजोर स्थितिमा रहेको छ । पछिल्लो सातायता अमेरिकी डलरले इतिहाँसकै उच्च स्थान बनाइरहेको छ ।

डलरको भाउ आकासिदा भारतीय पैसा भारुमा समेत उच्च गिरावट आएको छ । जसको प्रत्यक्ष असर नेपाली रुपयाँको परेको हो ।

कोरोना भाइरसको माहामारीका बीच नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव परिरहेको छ । साथै केहि सातादेखिको लकडाउनको कारण नेपाली अर्थतन्त्र ओरालो गतिमा छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस् आजको विनिमय दरहरु: