Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

खजुरामा बनाइएको आइसोलेशन बिरामीमैत्री

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २६, बाँके | कोभिड–१९ सङ्क्रमितलाई उपचार गर्नका लागि खजुरामा बनाइएको आइसोलेशन बिरामीमैत्री देखिएका छन् । सरकारी मापदण्डानुसारकै साधनस्रोतसहित निर्माण गरिएका आइसोलेशन उपचारका लागि उपयुक्त छन् ।

कोरोना अस्पतालमा सरकारी मापदण्डानुसार नै बिरामीका लागि भोजन र आवाससहित अन्य मनोरञ्जनका साधनको समेत व्यवस्थापन गरिएको छ । आइसोलेशन शतप्रतिशत मापदण्डमा नभए पनि बिरामीका लागि सहज हुने गरी  सेवामुखी रहेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको आइसोलेशन अस्पतालका समेत प्रमुख रहनुभएका भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाशबहादुर थापा बताउनुहुन्छ ।

आइसोलेशनमा रहेका सबै बिरामीका लागि सरकारले तोकेअनुसारकै सेवासुविधा शतप्रतिशत नभए पनि व्यवस्थापनमा अस्पतालले राम्रै प्रबन्ध मिलाएको उहाँको भनाइ छ । बिरामीका लागि आवश्यक सबै सेवा प्रदान गरिए पनि यहाँ उत्पादन हुने फोहोर विसर्जनमा भने निकै समस्या देखिएको छ । यसका लागि गाउँपालिकासँग पटकपटक छलफल भइरहेको भेरी अस्पतालका नर्सिङ अधिकृत तथा आइसोलेशन इन्चार्ज शिला शर्मा बताउनुहुन्छ ।

अस्पतालमा रहेका संक्रमितमा एकै परिवारका बाबुछोरीलाई एकै ठाउँमा राखिएको, उनीहरूको माग र आवश्यकतानुसार सामग्री, खानपान र समय बिताउनका लागि विभिन्न साधन उपलब्ध गराइएको उहाँले बताउनुभयो । उहाँका अनुसार उपचारमा रहेका बिरामीको अवस्था सामान्य छ । आइसोलेशनमा राखिएका बिरामीमध्ये एक  गर्भवती छिन् ।

संक्रमण पुष्टि हुनेमा एकै परिवारका सदस्यसमेत छन् । त्यसअघि सात वर्षीयासँगै उनकी आमालाई समेत संक्रमण देखिएको भेरी अस्पतालले बताएको छ । आमा पनि पोजेटिभ भएपछि बाबु, आमा र छोरीलाई एउटै क्याबिनमा राखिएकाले पनि यहाँको व्यवस्थापन राम्रो देखिएको मुस्लिम आयोगद्वारा गठित जिल्लास्थित अनुगमन समितिका सदस्य मो अब्दुल कविले बताउनुभयो । उहाँहरुले अस्पतालको आइसोलेशनमा रहेका सबै बिरामीको अवस्थामा सामान्य रहेको बुझिएको बताउनुभयो ।

जिल्लास्तरीय अनुगमन समितिले यसअघि सरोकार पक्षसँग भेटघाट गरी नेगेटिभ आएकाहरुलाई रोजा बस्न घरमै सेल्फ क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएको थियो । ‘चिकित्सकहरुको सुझावका आधारमा सबै जना घरमै क्वारेन्टाइनमा बस्नुहुनेछ,’ अनुगमन समितिका सदस्य शाहिदा बानो शाहले भन्नुभयो । रासस