Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रोजगारीको लागि हरेक पालिकामा घुम्ती तालिम संचालन गर्ने सरकारको घोषणा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २, काठमाडौं । सरकारले आउँदो वर्ष धेरै युवाहरुलाई रोजगारी दिने गरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसद् मा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो जानकारी दिएकी हुन्  ।

आन्तरिक रोजगारी पर्याप्त नभइरहेको अवस्था वैदेशिक रोजगारीमा गएका नेपाली पनि फर्कने अवस्था देखिएकाले रोजगारी सृजनामा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषि, भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना र मझौला उद्योग, निर्माण र सेवा क्षेत्रमा समावेश गरेर रोजगारी दिने नीति तथा कार्यक्रममा उल्लेख छ । आवश्यकता अनुसार सबै पालिकाहरुमा छोटो अवधिमा घुम्ती तालिम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।