२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल वायुसेवा निगमका जहाजले बिहीबार र शुक्रबार २/२ उडान गर्ने

२०७७, २१ जेष्ठ बुधबार ०५:३४

जेठ २१, काठमाडौं। नेपाल वायुसेवा निगमका न्यारोबडी जहाजले हङकङका लागि बिहीबार र शुक्रबार २/२ उडान गर्ने भएका छन् । हङकङस्थित नेपालको वाणिज्य दूतावाससँग सहकार्य गरी हङकङ सरकारले नेपालमा फसेका हङकङ नागरिक फिर्ता लैजाने भएपछि निगमका जहाजले उडान गर्न लागेका हुन् ।

आगामी ४ र ५ तारिखमा दुई/दुई न्यारोबडी हङकङ उडान गर्न बुकिङ भएको नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिईन । उनका अनुसार जहाजबाट हङकङमा बसोबास गर्ने नेपाली फर्किन लागेका हुन् ।

एउटा न्यारोबडीमा बच्चाबाहेक १ सय ५८ जना नागरिक यात्रा गर्न सक्छन् । चार न्यारोबडीमार्फत ६ सय ३२ जना यो हप्ता नै हङकङ फर्किन सक्नेछन् । यसअघि सोमबार राति निगमको दुई न्यारोबडी र एक वाइडबडी विमानमा ५ सय ८० बढी नागरिक फर्किसकेका छन्। उनीहरुले न्यारोबडीमा ८५ हजार र वाइडबडीमा १ लाख भाडा तिरी फर्किएका हुन्।

विद्यालय, विश्वविद्यालय, व्यापार/व्यवसाय र रोजगारीका लागि महंगो चार्टर्ड जहाजमा उनीहरु फर्किएका छन् । उनीहरु हङकङ फर्किएर १४ दिन क्वारेन्टिनमा बसी आफ्नो घर तथा काममा फर्किन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा