पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असार १८, काठमाडौं । </b>नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा रु ७०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको हो । <br></p><p>महासंघका अनुसार तेजावी सुन तोलामा ९० हजार ५६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ९५० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । </p><p>यसअघि चाँदी बुधबार तोलामा ९६० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । </p>

