Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आजदेखि सञ्चालनमा आयो मयुँर यातायात, यी रुटमा चल्छ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार २९, काठमाडौँ ।</b> यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुँर यातायात प्रालीले भने बस सेवा शुरु गरेको छ । आजदेखि तीन वटा बसबाट सेवा शुरु गरिएको प्रालीले जनाएको छ ।&nbsp;<br></p><p>कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो । सरकारले बिहीबारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछि प्रालीले बस चलाउन थालेको हो । यो बीचमा बसको मर्मतलगायतको काम भइरहेको प्रालीका सञ्चालक दीपक भण्डारीले बताउनुभयो । पहिलो दिनमा काठमाडौँ–बनेपा र चक्रपथ रुटमा बस चलेको छ । उहाँका अनुसार प्रालीले आगामी दिनमा अरु बस थप्नेसमेत योजना बनाएको छ । उहाँले भन्नुभयो, “मङ्गलबार र बुधबारदेखि नै अरु बस थप्दै जानेछौ ।” बन्दाबन्दीमा बस सञ्चालन नहुँदा व्यवसायी मारमा परेको भन्दै सहुलियतका लागि सार्वजनिक यातायात व्ययवसायी राष्ट्रिय महासङ्घले गरेको मागमा सो प्रालीले पनि समर्थन गरेको जनाएको छ । रासस&nbsp;</p>