Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुनको भाउ फेरि बढ्यो, आजको मूल्य कति ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन ४, काठमाडौं।</b> सुन ३०० रूपैयाँ बढेर तोलाको ९२ हजार ५ सय रुपैयाँ पुगेको छ । गत बिहीबारका तुलनामा ५०० घटेर शुक्रबार ९२ हजार २०० रूपैयाँ प्रतितोला भएको थियो । आइतबार पुनः बढेको हो ।<br></p><p>नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदी १० रूपैयाँले बढेर गत बिहीबारकै भाउमा पुगेको छ । अघिल्लो दिनभन्दा १० रूपैयाँ घटेर चाँदी गत शुक्रबार ९९५ प्रतितोला भएको थियो। आइतबार पुनः १ हजार ५ रूपैयाँ पुगेको हो।&nbsp;</p><p>लकडाउन सुरु हुनु अघिल्लो दिन गत चैत १० मा सुन ७७ हजार र चाँदी ७२० रूपैयाँ प्रतितोला थियो । तीन महिना लामो लकडाउनलाई सरकारले खुकुलो पारेर बजार खोल्न दिँदा गत असार १ मा सुन प्रतितोला ८९ हजार ७०० रूपैयाँ र चाँदी ९२५ रूपैयाँ भएको थियो ।&nbsp;</p>