पढ्न करिब 1 मिनेट लाग्छ

साउन २३, काठमाडौँ । सुनको मूल्य तोलाको एक लाख तीन हजार पाँच सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ हजार रुपैयाँ बढेको हो ।

छापावाल सुन बिहीबार एक लाख दुई हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबार भने प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज नेपाली बजारमा छापावाल सुनको मूल्य एक लाख तीन हजार पाँच सय रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

यस्तै छापावाल सुनको मूल्यसँगै तेजाबी सुनको भाउ पनि प्रतितोला हजार रुपैयाँले बढेको छ । हिजो नेपाली बजारमा एक लाख दुई हजार रुपैयाँमा किनबेच भएको तेजाबी सुन आज भने एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार मात्र प्रतितोला ५० रुपैयाँले बढ्दै १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि बढेको छ । आज प्रतितोला ६० रुपैयाँले बढ्दै १४ सय पाँच रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।