Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राष्ट्रिय बीमा कम्पनीको नाफा १८% घट्यो

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ १, काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको नाफा घटेको छ भने खर्च ३५ प्रतिशत बढेको छ।  संस्थानले सार्वजनिक गरेको गत आवको लेखा परीक्षण नभएको वित्तीय विवरण अनुसार आम्दानी ओह्रालो लागेको छ।

कम्पनीको नाफा अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत आव २०७६/७७ मा १८.२७ प्रतिशत घटेको छ। कम्पनीले अघिल्लो आवमा ७८ करोड १३ लाख १० हजार रुपैयाँ नाफा गरेको थियो। गत आवको नाफा ६३ करोड ८५ लाख ६६ हजार मात्र छ।

कम्पनीको गत आवमा आम्दानी अघिल्लो आवको तुलनामा ६ प्रतिशत घटेको छ भने खर्च ३५ प्रतिशत बढेको छ। आम्दानीमा ह्रास आउँदा नाफा घट्न पुगेको हो। कम्पनीले ९४ करोड २२ लाख आम्दानी गरेको छ। अघिल्लो आवमा १ अर्ब बढी आम्दानी गरेको थियो ।

कम्पनीले अघिल्लो आवमा २२ करोड ५० लाख खर्च गरेको थियो भने गत आवमा ३० करोड ३६ लाख खर्च गरेको छ। कम्पनीको बीमा शुल्क र बीमा शुल्क आर्जनसमेत घटेपछि नाफा घट्न थप सहयोग पुगेको हो।

कम्पनीको बीमा शुल्क ३५ प्रतिशत र बीमा शुल्क आर्जन ५ प्रतिशत घटेको छ। कम्पनीको बीमा शुल्क २२ करोड ४५ छ भने १५ हजार ९ सय ३० बीमालेखबाट १ अर्ब २८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले १५ हजार २७ दाबी भुक्तानीबाट कुल ९ करोड ६० लाख दाबी भुक्तानी गरेको छ।

कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख छ भने जगेडा कोषमा २ अर्ब ९६ करोड ८३ लाख रूपैयाँ छ। साथै, बीमा कोषमा २ अर्ब २५ करोड छ। कम्पनीको प्रतिसेयर आम्दानी २ सय ३९.४९ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १ हजार २ सय १३.२५ रुपैया छ।