Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अबदेखि जुनसुकै बैंकको एटिएम प्रयोग गर्दापनि शुल्क नलाग्ने

२०७७, १५ भाद्र सोमबार ०७:५८

भदौ १५, काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले कोरोनाकालमा बैंक तथा वित्तीय संस्थालाई अन्तर बैंक एटिएम कारोबारमा शुल्क नलिन निर्देशन आइतबार  दिएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले अर्को निर्देशन जारी नहुँदासम्म एटिएम शुल्क लिन नपाउने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले जानकारी दिए । यसअघि बैंक तथा वित्तीय संस्थाले आपसी सहमतिमा लकडाउनका बीचमा एटिएम सेवा, इन्टरनेट, मोबाइल बैंकिङ लगायत विद्युतीय कारोबार निशुल्क गरेका थिए । सरकारले गत साउन ६ गतेदेखि लकडाउन खुल्ला गरेसँगै बैंक तथा वित्तीय संस्थाले पुनः शुल्क लिन थालेका थिए ।

यस्तै केन्द्रीय बैंकले मासिक कार्ड कारोबारको सीमामा तोकेको छ । त्यसमा डेबिट कार्डबाट वस्तु तथा सेवा खरिद गरी हुने भुक्तानीका लागि मासिक ४ लाख रुपैयाँसम्मको सीमा कायम गरिएको छ ।

यसअघि प्रति कारोबार २५ हजार र प्रतिदिन १ लाख रुपैयाँसम्मको सीमा तोकिएको थियो ।साथै, बैंक तथा वित्तीय संस्थाले प्रिपेड कार्ड जारी गर्दा प्रति ग्राहक अधिकतम १ लाख रुपैयाँ मात्र र भुक्तानी सेवा प्रदायक संस्थाले अधिकतम २५ हजार रुपैयाँसम्मको कार्ड जारी गर्न सक्ने व्यवस्था थियो ।

यसैगरी, डेबिट, क्रेडिट र प्रिपेड कार्ड जारी गरेका बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमति बिना कार्ड नविकरण गर्न नपाउने राष्ट्र बैंकको निर्देशन दिएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाले विद्युतीय भुक्तानी कार्ड जारी गर्दा लाग्ने शुल्क, कार्डमार्फत कारोबार गर्दा लाग्ने सेवा शुल्क, ब्याज तथा हर्जानासम्बन्धी व्यवस्थाहरू ग्राहकसँगको सम्झौतामा स्पष्टरूपमा उल्लेख गर्नुपर्नेछ ।

पछिल्लो एकिकृत निर्देशनमा भनिएको छ– ‘तर त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइने छैन । कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको जानकारी ग्राहकलाई एसएममार्फत् दिनुपर्नेछ र नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनु पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै