भदौ १६, काठमाडौं । सुनको मूल्य पुनः बढ्न थालेको छ । अघिल्लो दिनको भन्दा ९ सय रुपैयाँ बढेर सुनको मूल्य मंगलबार (आज ) ९८ हजार ४ सय रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सुन सोमबार तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ९७ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ । सोमबार तोलामा २५ रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा केही दिनयता सुन चाँदीको मूल्यमा सामान्य घटबढ भइरहेको छ । आज बिहान सुन प्रतिऔंस १९८९. ८८ डलरमा कारोबार भएको छ । चाँदी प्रतिऔंस २८.७३ डलर भएको छ । हिजो सुन प्रतिऔंस १९७०.८४ र चाँदी २८.०३ डलरमा कारोबार भएको थियो।