पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ १७, काठमाडौं ।</b> सुनको मूल्य बुधबार घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा १२ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।<br></p><p>मंगलबार तोलामा ९ सय रुपैयाँले बढेर तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। </p><p>अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य लगातार उतारचढाव भइरहेको छ। आज सुन प्रतिऔंस १९६४.०९ डलरमा कारोबार भएको छ। चाँदी प्रतिऔंस २८. ०६ डलर भएको छ। हिजो सुन प्रतिऔंस १९८९. ८८ डलर र चाँदी २८ .७३ डलरमा कारोबार भएको थियो। </p>

