Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना बीमा दावी भुक्त्तानीमा नयाँ मापदण्ड तोकियो, कोरोना पोजेटिभ आएपनि दावी भुक्तानी नपाइने

२०७७, १९ भाद्र शुक्रबार ०९:५२

भदौ १९, काडमाडौं । कोरोना बीमा गरेकाहरुको निजी ल्याबमा परिक्षण गरेर कोरोना पोजेटिभ आएमा कोरोना बीमा वापतको दावी भुक्तानी नपाउने भएका छन् ।

बीमा समितिले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तरर्गतका निकायबाट पीसीआर गर्दा कोरोना भाइरस संक्रमण देखिएमात्रै भुक्तानी गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिको यो निर्देशनसंगै अबदेखि स्वास्थ्य मन्त्रालय अन्तरर्गत बाहेकका ल्यावमा गरिएको परीक्षण रिपोर्टले दावी भुक्त्तानीमा मान्यता नपाउने भएका छन् ।


बीमा समितिले २०७७ बैशाख ७ गतेबाट सुरु गरेको कोरोना बीमा शुरु गरेको थियो सो बेलामा  सर्वसाधारणलाई कोरोना बीमा पुष्टि हुने वित्तिकै दावी भुक्तानी पाउने बताएको थियो । तर अहिले सरकारले नै अनुमति दिएका ल्यावमा कोरोना परीक्षण गरि पोजेजिभ रिपोर्ट आएमा पनि कोरोना बीमा वापतको दावी भुक्तानी नपाउने अवस्था आएको छ ।

कोरोना बीमा सुरु गरिएको तीन महिनापछि गत साउनमा  जारी गरिएको कोरोना बीमा मापदण्डमा नीजि सहित राजधानी ठूला अस्पतालको रिपोर्ट अमान्य हुने बुँदा समावेश गरिएको खुलेको हो ।बीमा समितिले भदौ १८ गते (हिजो) अर्को निर्देशन जारी गर्दै कोरोना बीमा मापदण्ड अनुसार स्वास्थ्य मन्त्रालयका निकाय अन्तर्गतका पिसिआर रिपोर्ट मात्रैलाई मान्यता दिन बीमक कम्पनीहरुलाई सर्कुलार जारी गरेको छ । कोरोना बीमा मापदण्डलाई थप स्पष्ट पार्दै हिजो जारी गरिएको निर्देशनमा भनिएको छ, ‘कोरोना बीमा दावी प्रयोजनको लागि समितिबाट जारी भएको कोरोना बीमा मापदण्ड, २०७७ को परिच्छेद ३ को दफा १ज्ञ अनुसार नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परिक्षण गर्दा कोरोना भाइरस कोभिड–१९ रोग संक्रमण भएको देखिएमा मात्र भुक्तानी गर्ने गरी व्यवस्था गर्नुहुन थप स्पष्ट गरिएको व्यहोरा अनुरोध गरिन्छ ।’

तर समितिका अध्यक्ष चिरन्जीवी चापागाईं अहिले आएर दावी भुक्तानीको मापदण्ड परिवर्तन नगरिएको बताउँछन् । हिजो हामीले थप स्फस्ट मात्र गरेका हौँ, हामीले बैशाख ७ मै बीमा पोलिसी शुरु गर्दा नै स्वास्थ्य मन्त्रालय अन्तरर्गतका निकायबाट पीसीआर गर्दा कोरोना भाइरस संक्रमण देखिएमात्रै भुक्तानी गर्ने भनेका थियौं अध्यक्ष चापागाईले साझा सबालसंग भने "बीमा लेखमा नै शुरु देखि लेख्दै आएका छौं तर अहिले आएर बीमा कम्पनीको कमजोरीको कारणले समस्या आयो र हामीले परिपत्र गरेका मात्र हौँ पहिले नै थियो ।"  बीमकले समितिले तोकेको मापदण्ड अनुसार काम नगरेको कारण र नगर्ने आशंका जन्माए, त्यो क्लिएर गरेका हौँ, अध्यक्ष चापागाईले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै