साउन १२, काठमाडौँ । सरकारले भाडा निर्धारण नगर्दा केबलकार सञ्चालकले मनपरी भाडा उठाउने गरेका छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौँ । सरकारले भाडा निर्धारण नगर्दा केबलकार सञ्चालकले मनपरी भाडा उठाउने गरेका छन् "/>
2026-06-20 09:35 PM
अर्थ/विकास

केबलकारमा मनपरि भाडा, सरकार उदासिन

साउन १२, काठमाडौँ । सरकारले भाडा निर्धारण नगर्दा केबलकार सञ्चालकले मनपरी भाडा उठाउने गरेका छन् । 

विसं २०५४ मङ्सिर ८ गतेदेखि नेपालमा केबलकार सञ्चालनमा आए पनि अहिलेसम्म सार्वजनिक यातायातको भाडा निर्धारण गर्ने जिम्मा पाएको यातायात व्यवस्था विभागले भाडा निर्धारण गरेको छैन । विसं २०५३ कात्तिक २२ गते कम्पनी रजिष्ट्रारको कार्यालय र उद्योग विभागमा दर्ता गरी चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म ३.२ किमी दूरीमा केबलकार चलाइएको थियो । 

केबलकारलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा यातायातका रुपमा उल्लेख नगरिएकाले अहिलेसम्म विभागले भाडा निर्धारण नगरेको महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए । “केबलकारलाई व्यवस्थित गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यविधि ल्याउने गृहकार्य गरेको छ, कार्यविधि जारी भएपछि व्यवस्था भएअनुसार भाडा निर्धारण गरिनेछ,” उनले भने । 

हाल मुलुकमा दुईवटा ठाउँमा केबलकार सञ्चालनमा छन् भने दर्जन बढीठाउँमा सञ्चालनका स्वीकृति लिई निर्माणको प्रक्रियाका लागि यातायात मन्त्रालयमा निवेदन दर्ता गराएका छन् । पहिलो मनकामना केबलकारका नायब महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ कम्पनीकै तर्फबाट भाडा निर्धारण गरी लिने गरेको बताए  । 

“साउनदेखि कुरिनटारबाट मनकामनासम्म दुईतर्फी रु ६४० र एकतर्फी रु ३८५ भाडा निर्धारण गरिएको छ, यसअघि दुईतर्फी रु ५७५ र एकतर्फी रु ३४५ लिइन्थ्यो, भाडा निर्धारणका लागि यातायात व्यवस्था विभागसँग कुनै सम्बन्ध राखिएको छैन,” उनले भने । मनकामना केबलकारमा वार्षिक १० लाख यात्रुले यात्रा गर्ने गरेको कम्पनीले जनाएको छ । कम्पनीले उठाएको भाडाको एक/एक प्रतिशत चितवन र गोरखा जिल्ला विकास समितिलाई बुझाइन्छ । 

केबलकार चढेर मनकामना दर्शन गर्न जाने यात्रु भने लगानी र खर्चका आधारमा कम्पनीले बढी नै भाडा उठाएको गुनासो गर्दैआएका छन् । केबलकार कुन सरकारी निकायले नियमन गर्ने भन्ने अन्योल रहेका कारण सरकारीस्तरबाट उपयुक्त भाडा निर्धारण नभएको यात्रु अरुण पौडेलको गुनासो छ । सञ्चालनको कार्यविधिको यातायात मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । 

सो जिम्मेवारीसँगै यसअघि पर्यटन विभागले केबलकार स्वीकृतिका लागि गरेको कामको स्वामित्व यातायात मन्त्रालयमै हस्तान्तरण भएको प्रवक्ता देवेन्द्र कार्कीले बताए । विसं २०७३ वैशाख १ गतेदेखि चन्द्रागिरि हिल्स लिमिटेडले थानकोट गोदामदेखि चन्द्रागिरिडाँडासम्म २.५ किमी दूरीमा केबलकार परीक्षण सुरु गरेको छ । 

लिमिटेडले सरकारी निकायसँग भाडा निर्धारण गराएर मात्र सार्वजनिक रुपमा यात्रुका लागि खुला गर्ने तयारी गरेको कार्यकारी बिक्रेता इन्दिरा पौडेलले बताइन । मन्त्रालयका सहसचिव विष्णुओम वादेले कार्यविधि आएपछि केबलकारको भाडा निर्धारणको काम यातायात व्यवस्था विभागले गर्ने गरी व्यवस्था गर्न लागिएकोबताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ