२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर राखः राष्ट्र बैंक

२०७७, ३१ भाद्र बुधबार १४:१५

भदौ ३१, काठमाडौँ | नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले केही समय पहिले जारी गरेको ‘एकीकृत निर्देशिका २०७७’ मा उल्लेख भएको स्थिर ब्याजदरसम्बन्धी व्यवस्थाबमोजिम सोही समयभित्र कार्यान्वयन गर्न भनेको हो । आज जारी गरिएको परिपत्रमा भनिएको छ, ‘असोज मसान्तभित्रै एकीकृत निर्देशिका २०७७ मा गरिएको व्यवस्थाअनुसार कर्जा अवधिभर परिवर्तन नहुने गरी तोकिने स्थिर ब्याजदर निर्धारण तथा प्रकाशन गर्नु पर्नेछ ।’

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयन गर्न जारी गरेको एकीकृत निर्देशिकामा समेत सो कुरा उल्लेख छ । सोही अनुसार असोज मसान्तभित्रै पुराना ऋणीको  समेत ब्याजदर स्थिर हुनुका साथै व्यक्तिगत कर्जा लिनेले पनि सोही सुविधा पाउने व्यवस्था छ । 

नेप्सेमा झिनो सुधार

धितोपत्र बजारमा आज कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से परिसूचक ५.३६ बिन्दुले बढेर एक हजार ५४१.४० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत ०.८३ ले वृद्धि भई ३०५.४८ मा पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता शेयर रु एक अर्ब ८४ करोड ५६ लाख ३४ हजार ३० मूल्यमा खरीद बिक्री भयो । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज बैंकिङ उपसमूहको मात्रै शेयर कारोबार ओरालो लागेको छ भने अन्य सबै उपसमूह भने उकालो लागेको छ । बैंकिङ ४.५८ ले ओरालो लाग्दा व्यापार २०.९३, होटल १४२.८१, विकास बैंक २.०८, जलविद्युत् ५४.०९, वित्त १.१३, निर्जीवन बीमा ४२.३७, उत्पादन २.८२, अन्य १.४८, लघुवित्त ४.८७, जीवन बीमा ७२.१४ र सामूहिक लगानी कोष ०.०६ ले वृद्धि भएको छ ।

कारोबारका आधारमा आज पनि नेपाल पुर्नबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड ६१ लाख ९६ हजार २४६ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तैै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु छ करोड ४६ लाख ७७ हजार १४२, नागरिक लगानी कोष रु पाँच करोड ६२ लाख ८७ हजार ९५०, सूर्या लाइफ इन्स्योरेन्स रु पाँच करोड ५३ लाख ४१ हजार ९३७, सानिमा माई हाइड्रो पावर रु पाँच करोड ३८ लाख ९१ जार २३७ र नेको इन्स्योरेन्सक म्पनीको रु पाँच करोड एक लाख ९७ हजार ४७३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै सिनर्जी पावर लिमिटेड, घलेम्दी हाइड्रो, बरुण हाइड्रोका लगानीकर्ताले समान १०/१० प्रतिशतले कमाउँदा एनआरएन लघुवित्त ९.९६, रिलायन्स लाइफ इन्स्योरेन्स ९.८९ र यूनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ९.८४ प्रतिशतले कमाए । यसैगरी एनआइसी एशिया व्यालेन्स फण्ड ३.८७, लक्ष्मी इक्विटी फण्ड ३.७१, राष्ट्रिय बीमा कम्पनीका संस्थापक लगानीकर्ता २.९३ र नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले २.५६ प्रतिशतले गुमाए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी