Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जनरल इन्स्योरेन्सले असोज ११ देखि आइपीओ जारी गर्ने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज २, काठमाडौं ।</b> निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्सले असोज ११ देखि सर्वसाधारणको लागि साधारण सेयर(आइपीओ) जारी गर्ने भएको छ ।<br></p><p>जनरल इन्स्यारेन्सले चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुर्याउनको लागि ३० करोड रुपैयाँको आइपीओ सर्वसाधारणको लागि जारी गर्न लागेको हो । जसको निष्कासन तथा बिक्री प्रवन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । आइपीओ बिक्री छिटोमा असोज १४ गते र ढिलोमा असोज २५ गते बन्द हुने छ ।</p><p>३० लाख कित्ता आइपीओमा ४ प्रतिशत कर्मचारीको लागि आरक्षण गरिएको छ । जुन १ लाख २० हजार कित्ता हुन्छ । यस्तै ५ प्रतिशत सेयर अर्थात १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि आरक्षण गरिएको छ । यस आधारमा सर्वसाधारणले २७ लाख ३० हजार कित्ता सेयरमा मात्र आवेदन दिन पाउने छन् । धितोपत्र बोर्डले सबैलाई १० कित्ता अनिवार्य सेयर बाड्नुपर्ने नियम बनाएको छ । सबैलाई १० कित्ता बाड्दा २ लाख ७२ हजार आवेदकले १० कित्ता सेयर पाउँछन् ।&nbsp;</p>