Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपाल रेल्वे कम्पनी लिमिटेडका अधिकारीलाई रेल हस्तान्तरण

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज २, काठमाडौँ | बहुप्रतिक्षित जनकपुर–जयनगर रुटमा सञ्चालन हुने नेपालको राष्ट्रिय झण्डाको रङ्ग रातो, निलो र सेतो पेन्ट गरिएको रेल आज दिउँसा जनकपुरधाम आइपुगेपछि भारतीय रेल निर्माण कम्पनीले नेपाल रेल विभाग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडका अधिकारीलाई हस्तान्तरण गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा निर्माण कम्पनीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेको हो । कोकन रेल्वे कर्पोरेशन लिमिटेडका मेकानिकल चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईलाई रेल हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरणपछि नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले कोरोना महामारीको जोखिम कम भए जनकपुर–जयनगर–कुर्था रेल सेवा दशैंसम्ममा सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो । उहाँले जनशक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएकाले चाँडै रेल सञ्चालन हुने बताउनुभयो । पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनका निम्ति सम्पूर्ण संरचना तयारी भएको छ ।

रेल सञ्चालनका लागि रेल विभागले कर्मचारी भर्ना आह्वान गरेको छ । कर्मचारी भर्ना भएलगतै जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सेवा सञ्चालन हुने छ । महोत्तरीको भंगहादेखि बर्दिवाससम्ममा १७ किलोमिटरमा जग्गा अधिग्रहणको कामकाज भइरहेको छ । डिजेल तथा विद्युतबाट चल्न मिल्ने सो रेल नेपालको झण्डासहित चाँडै सञ्चालन हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो ।

मन्त्री परिषद्को विसं २०७५ चैत ४ गतेको निर्णयानुसार जयनगरदेखि बर्दिबासम्म सञ्चालन गर्न दुईसेट रेल खरिद गर्ने गरेर रेल विभागले भारतीय कोकन रेल्वे कर्पोरेशनसँग सम्झौता गरेको थियो । जिटुजीमार्फत भ्याट बाहेक रु ८३ करोड ९३ लाख ६० हजारमा खरिद गरिएको रेल एक पटकमा १३ सय यात्री बोक्ने क्षमता रहेको एउटा रेल सेट प्रतिघण्टा ११० किलोमिटर यात्रा तय गर्नेछ ।

नेपाल सरकारले खरिद गरेको सो रेल भारतको कंकन कम्पनीले निर्माण गरेका दुई सेट रेलमा आठ वटा वोगी तथा दुई ईन्जिन रहेका छन् । यसमा एक सेट रेलमा एक वटा वातानुकूलित बोगी तथा तीन–तीनसामान्य बोगी रहेका छन् । रासस