पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज ८, काठमाडौं ।</b> आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ । शुक्रबार ९६ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार १ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा ३ सयले नै घटेर प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।<br></p><p>चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले बढेर १३ सय २० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ३१ रुपैयाँ कायम गरेको छ । </p>

