पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज ८, काठमाडौं ।</b> चन्द्रागिरि हिल्सले दसैतिहारको अवसर पारेर विशेष अफर ल्याएको छ।<br></p><p>कम्पनीले चन्द्रागिरि केवलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिर्सोटमा ६५ सय रुपैयाँमा एक जोडीलाई ब्रेकफास्ट र डिलक्स रुमसहितको प्याकेज ल्याएको छ । यो अफर बुधबारदेखि कार्यान्वयनमा आउनेछ भने मंसिर १५ गतेसम्म लागु हुनेछ। सरकारले निषेधाज्ञा खुला गरेपछि चन्द्रागिरि केवलकार संचालनमा आइसकेको छ।</p>

