Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेपालमा कोरोना बिरुद्धको दुई करोड ५० लाख ‘Sputnik V’ खोप ल्याउन सम्झौता

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज १३, काठमाडौँ | रुसी खोप नेपाल ल्याउन सहमति भएको छ । कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–५ नेपाल ल्याउनका लागि रसियन टाइरेक्ट इन्भेस्टमेन्ट फण्ड (आरडीआईएफ) र नेपालको ट्रिनिटी फर्मास्युटिकल्स कम्पनीबीच सहमति भएको हो । नेपाल ल्याइने सहमति भएको खोपको संख्या दुई करोड ५० लाख रहेको आरडीआईएफ विज्ञप्तिमा उल्लेख छ ।

यो सम्झौताले नेपालको ९० प्रतिशत जसङ्ख्यासम्म स्पुतनिक–५ खोपको पहुँच पुग्ने र त्यहाँ रहेका क्लिनिकहरुलाई सुरक्षित र प्रभावकारी रुपमा कोरोना भाइरसको खोप उपलब्ध हुनेछ ।

यो खोपको क्लिनिकल परीक्षणका क्रममा कुनै साइड इफेक्ट नदेखिएको बताइएको छ । यो खोप सुरक्षित देखिएको र मानिसको प्रतिरक्षा प्रणालीलाई थप बलियो बनाउने सङ्केत दिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउदै आएका छन् । खोपका लागि एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोपलगायतका ५० भन्दा धेरै देशले स्पुतनिक–५ को लागि आवेदन दिएका थिए । आरडीआईएफले यसअघि मेक्सिकोमा तीन करोड २० लाख, ब्राजिलमा पाँच करोड, भारतमा दश करोड र उज्वेकिस्तानमा तीन करोड २० लाख खोपको लागि सम्झौता भइसकेको बताएको थियो ।

ट्रिनिटी फर्मास्युटिकल्स कम्पनी स्पुतनिक–५ को अन्तिम परीक्षणको नतिजा कुरिरहेको छ । नेपाल सरकारले मञ्जुरी दिएलगत्तै खोप उपलब्ध हुने बताइएको छ ।

"Sputnik V" रूसी रक्षा मन्त्रालयको समन्वयमा Gamaleya अनुसन्धान संस्थानद्वारा विकास भएको कोरोना बिरुद्धको खोप हो । यो एडेनोभाइरसको विरूद्ध खोपिएको खोपमा आधारित छ । जसले कोभिड-१९ विरुद्ध लड्ने क्षेमता राख्ने दावी गरिएको छ ।