Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बैंक अफ काठमाण्डूका सेयरधनीले १६ प्रतिशत प्रतिफल पाउने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १५, काठमाडौँ । बैंक अफ काठमाण्डूले सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कुल १६ प्रतिशत लाभांस दिने निर्णय गरेको छ । बैंकले यसमा १३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांस (कर प्रयोजनका लागि) दिने भएको हो ।

प्रस्तावित  लाभांश नेपाल राष्ट्र बैंकको स्विकृती र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल यस बैंकको चुक्ता पुँजी आठ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पारित भइ सेयरधनीमा वितरणपछि बैंकको चुक्ता पुँजी नौ अर्ब ६५ करोड ८१ लाख रुपैयाँ पुग्ने  जनाइएको छ ।

बैंकले सार्वजानिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार २०७६/७७ मा एक अर्ब ४७ करोड ५५ लाख रुपैयाँ नाफा गरेको छ। यसमध्ये वितरणयोग्य नाफा ८८ करोड ७ लाख रुपैयाँ रहेको छ ।