Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

‘पुष्पादेवी लगायत ७ जना अझै कारवाही प्रक्रियामै छन्’ – वाणिज्य बिभाग

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज १८, काठमाडौँ । म्याद गुज्रेका वस्तु बजारमा पठाउनेहरु सुटुक्क रिहा भएको भन्ने समाचारमा सत्यता नभएको वाणिज्य बिभागका एक अधिकारीले साझा सबाललाई जानकारी दिएका छन् । म्याद नाघेका पौष्टिक पदार्थ र चकलेटजन्य खाद्य वस्तुमा नयाँ उपभोग्य मिति राखेर बजारमा पठाएका ७ जनालाई वाणिज्य विभागले सामान्य तारेखमा छोडेको समाचार संचारमाध्यममा आएको विषय हालसम्म कारवाही प्रक्रियामै रहेको बिभागका प्रवक्ता रविन्द्र आचार्यले बताए ।

बिहीबार कलंकी र बाफलबाट पक्राउ परेका रि–लेबलिङमा संलग्न वितरक कम्पनीकी सञ्चालक पुष्पादेवी अग्रवाससहित ७ जनालाई विभागले उधारो धरौटीमा शुक्रबार सुटुक्क हिरासतमुक्त गरेको भन्ने समाचार आएपछि उपभोक्ता अधिकारकर्मीहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

यस सम्बन्धमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीसँग कुराकानी गर्दा उनको अनुसन्धान जारी रहेको बताए । महानिर्देशक सुवेदीले भने 'शुक्रबार उनको स्वास्थ्यको समस्याको कारण छोडिएको हो, पुष्पादेवी लगायत अन्य सबैजना अहिले बिभागमै अनुसन्धानकै क्रममा हुनुहुन्छ ।'

बिहिबार पक्राउ परेकाहरुले ओरियो बिस्कुट, स्निकर्स, मार्स चकलेट, बर्नभिटा, प्रिङ्गल्स र युनिलिभरका अधिकांश उत्पादनमा नयाँ लेभल लगाएर बजारमा पठाएको भेटिएको थियो । म्याद गुज्रिसकेको सामानमा उपभोग्य मिति मेटेर नयाँ मिति राखिरहेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाले रंगेहात पक्राउ गरेर बिहीबार वाणिज्य विभागको जिम्मा लगाएको थियो । जसमध्ये एक जना भारतीय नागरिक छन् भने अरु सबैजना नेपाली नागरिक हुन् ।

पक्राउ पर्नेहरुमा झापा चन्द्रगढी घर भएकी पुष्पादेवी अग्रवाल, रौतहटको गौर नगरपालिका–३ मजकुटिया घर भई हाल काठमाडौंको बल्खु बस्ने मुन्ना ठाकुर तथा पप्पु कुमार ठाकुर, महोत्तरीको बनरा घर भई हाल काठमाडौंको कपुरधारा बस्ने श्याम प्रसाद सिंह छन् ।

त्यस्तै धादिङको गल्छी–३ कल्लेरी घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने राम बहादुर बयलकोटी, धादिङको निलकण्ठ नगरपालिका–६ जल्केनी घर भई हाल काठमाडौंको कलंकी बस्ने सिताराम उपरकोटी र धादिङको सिद्धलेख गाउँपालिका–४ भेडावारी घर भई हाल काठमाडौंको बाफल बस्ने दिलिप थापामगर रहेका छन् ।