Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सोमबार पनि घट्यो सुनको मूल्य, कति छ आजको भाउ ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज १९, काठमाडौँ | </b>सोमबार सुनको भाउमा गिरावट आएको छ । आइबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार १ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ४ सयले नै घटेर ९३ हजार ६ सय रुपैयाँमा आईपुगेको छ ।<br></p><p>चाँदीको भाउमा भने आज कुनै परिवर्तन भएको छैन । चाँदी आज तोलामा ११ सय ८० रुपैयाँ कारोबार भईरहेको छ ।</p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार २४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११ रुपैयाँ ५० पैसा कायम गरेको छ ।</p>