Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ३०, काठमाडौँ । </b>नागरिक लगानी कोषले रु १२ अर्ब ५६ करोड तीन लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । कोषले आज एक सूचनामार्फत उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको जनाएको हो ।<br></p><p>नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका वाणिज्य बैंकमा एकदेखि दुई वर्षसम्म मुद्दती निक्षेपमा राख्न लागिएको कोषले जनाएको छ ।&nbsp; कोषले आफूले लिन चाहेको रकम, ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको छ ।</p><p>कोषले आगामी कात्तिक २ गतेभित्र प्रस्ताव बुझाउन भनेको छ । कोषमा रकम जम्मा गरेका तथा विभिन्न क्षेत्रमा गरेको लगानीको प्रतिफलबाट प्राप्त गरेको रकम मुद्दती निक्षेपमा राख्दै आएको छ । रासस&nbsp;</p>