पढ्न करिब 1 मिनेट लाग्छ

कार्त्तिक २०, काठमाडौं । एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत (लाभांश करसहित) नगद लाभांश घोषणा गरेको हो।

बैंकको अहिले चुक्ता पुँजी ८ अर्ब ४७ करोड रुपैयाँ छ। बोनस सेयरले ४० करोड रुपैयाँ पुँजीको जोहो हुनेछ । बैंकको बुधबार साँझ बसेको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । बैंकले गत वर्ष २५ प्रतिशत लाभांश दिएको थियो ।