२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वाणिज्य बैंकहरुले गरे वित्तीय विवरण सार्वजनिक, कुन बैंकको नाफा कति ?

२०७७, २ मंसिर मंगलवार ०८:४३

मंसिर २, काठमाडौँ | चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको २७ वटै वाणिज्य बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् | जसअनुसार,बैंकहरुले साउन, भदौ र असोजसम्म १४ अर्ब ७५ करोड ८० लाख रुपैयाँ खुद नाफा (कर छुट्याएपछि) कमाएका छन् |

गत वर्षको यसै अवधिमा १५ अर्ब ५५ करोड ५४ लाख कमाएका थिए | अधिकांश बैंकको नाफा घटेको छ | समग्रमा नाफामा ५. १२ प्रतिशतले कमी आएको हो | अपरिस्कृत वित्तीय विवरणअनुसार ग्लोबल आइएमई, एनआइसी एसिया, प्राइम कमर्सियल, प्रभु, मेगा, बंगलादेश, एनएमबि, सिटिजन्स र कुमारी बैंकले नाफा बढाएका छन् |

सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले यस अवधिमा सबैभन्दा धेरै १ अर्ब ५ करोड नाफा कमाएको छ | एक वर्षअघि यो बैंक छैटौं स्थानमा रहेको थियो | एक बर्षअघि त्यस्तै पहिले एक नम्वरमा रहेको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक अहिले छैटौंमा पुगेको छ |

नविल र एनआइसी एसिया क्रमशः दोस्रो र तेस्रो स्थानमा यथावत रहेका छन् | एभरेष्ट, स्टान्डर्ड चार्टड, एसबिआई, हिमालयनजस्ता विदेशी स्वामित्व भएका बैंकको नाफा भने उच्च दरले घटेको छ | एसबिआईको सबैभन्दा धेरै ५४ प्रतिशतले नाफा घटेको छ | एभरेष्टको ५१, हिमालयनको ४७ र स्टान्डर्ड चार्टडको ३७ प्रतिशतले नाफा घटेको छ। त्यस्तै नाफाका आधारमा अन्तिम स्थानमा रहेको सिभिल बैंकको ३९ प्रतिशतले घटेको छ |

एनएमबिले सबैभन्दा धेरैले नाफा बढाएको विवरण देखाएको छ। यो बैंकले यसअघि पनि नाफामा झुक्याएको छ। गत वर्षको पहिलो त्रैमासमा ८१ करोड ५१ लाख नाफा देखाएको थियो, तर त्यही नाफालाई अहिलेको विवरणमा समेट्दा जम्मा २७ करोड २८ लाख देखाएको छ |

त्यस्तै अन्य केही संस्थालाई आफूमा गाभेका कारण पनि एनएमबिको नाफा वृद्धिदर उच्च देखिएको हो | बैंककै एक उच्च अधिकारीका अनुसार अहिलेको नाफा पनि परिस्कृत हुँदा घट्न सक्नेछ |

 हेर्नुहोस् कुन बैंकको नाफा कति ?

बैंक

नाफा असोज २०७७

नाफा असोज २०७६

ग्लोबल आइएमई

१ अर्ब ५ करोड ८८ लाख

७५ करोड ३१ लाख

नविल

१ अर्ब ३ करोड ५७ लाख

१ अर्ब १२ करोड ३५ लाख

एनआइसी एसिया

१ अर्ब २ करोड १० लाख

१ अर्ब ९६ लाख

प्राइम कमर्सियल

१ अर्ब १ करोड ७६ लाख

६५ करोड ९७ लाख

प्रभु

८५ करोड

६२ करोड ८४ लाख

राष्ट्रिय वाणिज्य

८२ करोड ९२ लाख

१ अर्ब १२ करोड ७५ लाख

एनएमबि

७३ करोड २९ लाख

२७ करोड २८ लाख

इन्भेष्टमेन्ट

६२ करोड ३८ लाख

८४ करोड ४४ लाख

मेगा

६० करोड ७९ लाख

४३ करोड ७४ लाख

कुमारी

६० करोड २५ लाख

४० करोड १९ लाख

नेपाल बंगलादेश

५७ करोड ११ लाख

४० करोड २५ लाख

नेपाल

५५ करोड ४ लाख

५८ करोड १८ लाख

हिमालयन

५१ करोड ९९ लाख

९९ करोड १७ लाख

सिटिजन्स

५१ करोड ५५ लाख

३४ करोड ९१ लाख

सिद्धार्थ

५० करोड ६ लाख

५२ करोड १४ लाख

कृषि विकास

४६ करोड १४ लाख

५९ करोड ९० लाख

स्टान्डर्ड चार्टड

४० करोड १३ लाख

६४ करोड ४१ लख

सनराइज

३८ करोड २९ लाख

४५ करोड ४३ लाख

सानिमा

३७ करोड ३२ लाख

५९ करोड ३६ लाख

माछापुच्छ्रे

३६ करोड ९ लाख

३७ करोड ६० लाख

एभरेष्ट

३३ करोड ४७ लाख

६९ करोड ८ लाख

एनसिसी

३३ करोड ४५ लाख

३४ करोड ३ लाख

लक्ष्मी

३१ करोड २३ लाख

४० करोड १९ लाख

बैंक अफ काठमाण्डु

२४ करोड १४ लाख

३८ करोड ३७ लाख

सेन्चुरी

२२ करोड २ लाख

३७ करोड ८ लाख

एसबिआई

२० करोड ५ लाख

४३ करोड ७२ लाख

सिभिल

९ करोड ६६ लाख

१५ करोड ८९ लाख

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै