पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस २, काठमाडौँ । </b>बिहिबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा प्रतितोला रु ४ सयले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।<br></p><p>यसअघि बुधबार पनि छापावाल सुनको मूल्य प्रतितोला रु ८ सयले बढेको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ । प्रतितोला रु ९३ हजार ५० मा तेजाबी सुन कारोबार भइरहेको छ ।</p><p>त्यस्तै बुधबार चाँदीको मुल्य पनि बढेको छ। हिजोको तुलनामा आज २५ ले बढेर प्रतितोला १२ सय ५५ मा कारोबार भइरहेको छ ।</p>

