Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बिहिबार नेप्से परिसूचक २२ दशमलव ७० अंकले घट्यो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १, काठमाडौँ।</b> बिहिबार नेप्से परिसूचक २२ दशमलव ७० अंकले ओरालो लागेर २ हजार ३० दशमलव ५१ अंकमा झरेको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स १.०४ अंक र फ्लोट इण्डेक्स १.४२ अंक घटेको छ।&nbsp; सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०१ अंक बढेको छ।</p><p>नेप्से ओरालो लागेपनि आज कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही बढेको छ ।&nbsp; बुधबार ५ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । बिहिबार १९५ कम्पनीको ६१ हजार ६०४ पटकको कारोबारमा ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार रुपैयाँ बराबरको १ करोड ४१ लाख १४ हजार कित्ता शेयर कारोबार भएको छ ।</p><p>आज कारोबारमा आएका १२ उपसमूहमध्ये लघुवित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। सो उपसमूहको परिसूचक यस दिन ०.२८ प्रतिशत बढेको छ। व्यापार र जीवन बीमा उपसमिूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल, हाइड्रोपावर, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै आज नेपाल लाइफ इन्स्योरेन्सको ५५ करोड ४० लाख र नेपाल बैंकको ३७ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।</p><p>कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८० करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै आज&nbsp; &nbsp;कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।</p>