पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस ९, काठमाडौँ । </b>बिहिबार शेयर बजार मापक परिसूचक अंक नेप्से २९.८३ अंकले घटेको छ।आज शेयर बजारमा साढे १ प्रतिशतले गिरावट आएको छ। २९.८३ अंकले घटेर २०३८.६३ विन्दुमा झरेको हो। त्यस्तै सेन्सेटिभ इन्डेक्स ३.७४ अंकले घटेर ३८६ विन्दुमा झरेको छ।<br></p><p>यस दिन २०४ वटा कम्पनीको ९८ लाख ६० हजार कित्ता शेयर ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बुधबार ६ अर्ब माथिको शेयर कारोबार भएको थियो । बिहीबार सोल्टी होटलको शेयरमूल्य सबैभन्दा धेरै ५.६७ प्रतिशतले बढेको छ भने ओरियन्टल होटलको ५.१६ प्रतिशत,माउन्टेन इनर्जीको ४.८३ प्रतिशत, पाँचथर पावरको ४.५२ प्रतिशत, सिद्धार्थ बैंकको ३.४९ प्रतिशत र ग्लोबल आइएमई बैंकको ३.१६ प्रतिशतले बढेको छ।</p><p>त्यस्तै समृद्धि फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.११ प्रतिशतले घटेको छ भने युनाइटेड इदि मर्दिको ६.३० प्रतिशत,पञ्चकन्या माई हाइड्रोपावरको ५.५६ प्रतिशत,महिला सहयात्रा माइक्रोफाइनान्सको ५.५१ प्रतिशत र छ्याङदी हाइड्रोपावरको ५.१७ प्रतिशतले घटेको छ।</p>

