Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

फ्री वाइफाइ वा असुरक्षित नेटवर्कबाट डिजिटल बैंकिङ प्रयोग नगर्न वाणिज्य बैंकको आग्रह

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १४, काठमाडौं </b>। राष्ट्रिय वाणिज्य बैंकले फ्री वाइफाइ वा असुरक्षित नेटवर्कबाट मोबाइल वा अनलाइन बैंकिङ सेवा प्रयोग नगर्न आग्रह गरेको छ। फ्री वाइफाइ वा असुरक्षित नेटवर्कको प्रयोगले जोखिम निम्तिने भन्दै बैंकले सुरक्षित नेटवर्कबाट मात्रै डिजिटल बैंकिङ सेवा उपयोग गर्न अनुरोध गरेको हो।<br></p><p>पछिल्लो समय पार्क, मन्दिर, प्रतीक्षालय, रेष्टुरेन्ट, सिनेमा हल वा अन्य भिडभाड धेरै हुने सार्वजनिक ठाउँहरुमा फ्री वाइफाइ सेवा उपलब्ध छन्। इएसपीहरुले स्थानीय सरकारसँग सहकार्य गरेर वा आफ्नो उपस्थिति देखाउन आइएसपीहरुले भिडभाड धेरै हुने सार्वजनिकस्थलहरुमा फ्री वाइफाइ सेवा उपलब्ध गराइरहेका छन्। यस्ता ठाउँहरुबाट पछिल्लो समय धेरै मानिसहरुले इन्टरनेटमा आफ्नो पहुँच पुर्‍याइरहेका छन्।</p><p>मोबाइल नेटवर्कको डेटा महँगो पर्ने भएर मानिसहरु सार्वजनिकस्थलमा पाइने फ्री वाइफाइ वा असुरक्षित नेटवर्क प्रयोग गरिरहेका भेटिन्छन्। सितैंका यस्ता असुरक्षित नेटवर्कबाट प्रयोगकर्ताको डिजिटल बैंकिङ डेटा चोरी वा ह्याक हुन सक्ने जोखिम पनि उत्तिकै रहने भन्दै बैंकले सचेत रहन आग्रह गरेको हो।</p>