Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगि गर्ने पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ७, काठमाडौँ । </b>आफू राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भएको बताउंदै अमेरिका पठाइदिन्छु भन्दै ठगि गर्ने पक्राउ परेका छन । संखुवासभा पाँचखपन गाउँपालिका वडा नं. ५ खमारे स्थाई घर भई हाल काठमाडौँ महानगर वडा नं. ७ मित्रपार्क,चावहिल बस्ने वर्ष ६० को तुलसी थापालाई प्रहरीले पक्राउ गरेको हो ।<br></p><p>उनले आफू राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भएको भन्दै&nbsp; परिचय पत्र समेत देखाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । उनलाई मंगलबार काठमाडौँको दरबारमार्गबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले 'म अमेरिका हुने कार्यक्रममा जाँदा तपाईँलाई ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु' भनी विश्वास दिलाई रु. १५,००,०००।– (अक्षरुपी पन्ध्र लाख मात्र) रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।</p><p>प्रहरीले उनीबाट कोहो ठगिएको भएकार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरेको छ । उनलाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ&nbsp; पठाईएको प्रहरीले जनाएको छ ।</p>