२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कृषिमन्त्री अर्याल र इजरायली राजदूतबीच भेटवार्ता,के भयो छलफल ?

२०७७, २८ माघ बुधबार ११:४९

माघ २८, काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ । मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबार आज (बुधबार) भएको छलफलमा नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्सकोे विषयमा छलफल गरिएको थियो । 

इजरायल सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रम २०७७ असोज १४ गते नेपाल र इजरायलबीच सम्झौता भएको थियो । उक्त कार्यक्रम सञ्चालनका निम्ती नेपालका तर्फबाट सह–सचिवको नेतृत्वमा स्टेरिङ कमिटी गठन भइसकेको छ भने, इजरायलले पनि आफ्नो प्रतिनिधि छनौट गरिसकेको छ । 

छलफलका क्रममा बोल्दै मन्त्री अर्यालले नेपाली कृषकहरुलाई इजरायली प्रविधिको तालिम-प्रशिक्षणको व्यवस्था गर्नसके नेपाली कृषि उत्पादनमा पनि बृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो । इजरायल सरकारले ‘कमाउ र सिक’को अवधारणाअनुसार ५ सय जना बढी नेपाली विद्यार्थीहरुलाई प्रतिवर्ष इजरायलमा ११ महिने तालिमको अवसर प्रदान गर्ने गरेको भन्दै उक्त तालिमबाट नेपाली विद्यार्थीहरुले प्राप्त गरेको ज्ञान, सीपले सफल उद्यमी बन्ने अपेक्षा नेपाल सरकारले लिएको विश्वास व्यक्त गर्नुभयो । 

नेपालबाट हाल रोजगारी एवं अन्य सिलसिलामा ३ हजार बढी नेपालीहरु इजरायलमा रहेको भन्दै मन्त्री अर्यालले इजरायल पुगेका नेपालीहरुप्रति त्यहाँको सरकारले उपलब्ध गराएको अवसर र असल व्यवहारबाट नेपाल सरकार आभारी रहेको बताउनुभयो । 

जवाफमा नेपालका लागि इजरायलका राजदूत हानान गोडरले इराजयलको प्राविधिकि सहयोगमा सञ्चालन हुन गइरहेको नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्स कार्यक्रम सफल बनाउन इजरायल सरकारको तर्फबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने बताउनुभयो । 

नेपाल सरकार र इजरायल सरकारद्वारा संयुक्त रुपमा सञ्चालन हुने उक्त कार्यक्रमले नेपालको कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायिकरणको लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ । जसमा नेपाली कृषकहरुले आधुनिक प्रविधिको प्रयोग गर्दै नेपालको कृषि क्षेत्रमा उत्पादकत्व बृद्धि गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो