सिबी अधिकारी/साउन २७, काठमाडौँ । मुलुकको प्रतिष्ठासँग जोडिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाको काम कछुवा ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिबी अधिकारी/साउन २७, काठमाडौँ । मुलुकको प्रतिष्ठासँग जोडिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाको काम कछुवा ग"/>
2026-06-17 09:46 PM
अर्थ/विकास

अन्तर्राष्ट्रिय विमानस्थल सुधारको काम कछुवा गतिमा किन ?

2016-08-11

सिबी अधिकारी/साउन २७, काठमाडौँ । मुलुकको प्रतिष्ठासँग जोडिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाको काम कछुवा गतिमा अगाडि बढिरहेको छ । 

एसियाली विकास बैंक (एडिबी) को लगानी रहेको ‘हवाई यातायात सुधार आयोजना’ को सुस्त गतिले मुलुकको विकास कतातिर जाँदैछ भन्ने प्रस्ट सङ्केत गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको उक्त परियोजनाले तीन वर्षका अवधिमा १६ प्रतिशत मात्र प्रगति गरेको पाइएको छ । 

एडिबीको रु छ अर्ब १० करोड लगानी रहेको परियोजना विसं २०६९ चैत १ मा स्पेनी कम्पनी सानजोसेसँग निर्माण सम्झौता भई काम सुरु भएको थियो । ठेकेदार कम्पनीको लापर्बाही र सरोकारवाला निकायको गैरजिम्मेवारीले विमानस्थल सुधार आयोजना कछुवा गतिमा देखिएको हो । 

आगामी विसं २०७३ असोजतिर काम सकिनुपर्नेमा हालसम्म जम्मा रकमको रु ९० करोड मात्र खर्च भएको छ । ठेकेदार कम्पनीसँग बारम्बार ताकेता गर्दा पनि काम अघि नबढेको विमानस्थलका पदाधिकारीको भनाइ छ । अझ उनीहरु भूकम्प र नाकाबन्दीका कारण काम अवरुद्ध भएको बताउँछन् ।

परियोजना अन्तर्गत विमानस्थलको धावनमार्ग र अन्तर्राष्ट्रिय टर्मिनल भवन विस्तार तथा नयाँ अन्तर्राष्ट्रिय पार्किङ निर्माणको काम गर्नुपर्नेछ । अहिलेसम्म टर्मिनल भवनको मालसामान व्यवस्थापन गर्ने काम भएको विमानस्थलले जनाएको छ । 

ठेकेदार कम्पनीले विभिन्न बहाना देखाउँदै काम रोकेर उम्किन खोजेको पाइएको छ । राष्ट्रिय गौरवको आयोजना निर्माणको सुस्त गतिले मुलुकको छविलाई नै धमिल्याउने काम गरेको छ । मुलुकमा विभिन्न विकासे परियोजना ठेकेदारले ठाउँ ओगट्ने र काम नगर्ने परिपाटी नौलो हैन । कैयन् परियोजना त्यस्ता छन् जसले बर्साैँसम्म सम्झौता अवधि कटाएर पनि काम पूरा गरेका छैनन् । 

परियोजना अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पटक तथा राष्ट्रियता सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयले पटक पटकसम्म निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको छैन । 

विमानस्थल सुधार आयोजनाको काम सुस्त देखिएको जनाई सांसद्ले आपत्ति जनाएका छन् । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा सबैजसो सांसदले समयभित्र काम नगर्ने ठेकेदारलाई कारबाही गरी अर्को कम्पनीसँग सम्झौता गरेर तत्काल काम अघि बढाइनुपर्ने बताउनुभयो । 

सांसद भरतबहादुर खड्का, पुष्कर आचार्य, अशोककुमार मण्डल, विनोद श्रेष्ठ, ललिताकुमारी रेग्मी, राधा तिमल्सिना, राज्यलक्ष्मी श्रेष्ठ, प्रभादेवी वज्राचार्य लगायतले विमानस्थलको प्रतिष्ठा जोगाउन प्रभावकारी रुपमा सुधारका काम गरिनुपर्ने बताउनुभयो । 

कम्पनीले ठेक्का सम्झौतामा नभएको कुरा उठाएर कामै नभएको हर्जना बापतको रकम रु दुई अर्ब क्षतिपूर्ति माग गरेको छ । धावन मार्गमा माटो भर्न सम्झौता बमोजिम पशुपति क्षेत्र विकास कोषको माटो उठाउन रोक भएकाले काम अवरुद्ध भएको कम्पनीको भनाइ छ । 

आयोजना प्रमुख बाबुराम पौडेलले कोषको डेढ लाख घन मिटर माटो ल्याइएको तर दुई वर्षअघिदेखि माटो ल्याउने काम बन्द भएको बताउनुभयो । ठेकेदार कम्पनीलाई काम अघि बढाउन बारम्बार ताकेता गरिएको र अहिले टर्मिनल भवन विस्तार र पार्किङको काम अघि बढेको उहाँले उल्लेख गर्नुभयो । 

क्यानका महानिर्देशक सञ्जीव गौतम पशुपतिको मात्रै माटो लिने सम्झौता नभए पनि अहिले ठेकेदारले विभिन्न बहानाबाजी गरिरहेको बताउनुहुन्छ । कम्पनीले जसरी पनि सम्झौता अनुरुप काम गर्नुपर्ने उहाँको भनाइ छ । 

अदुअआले समेत कोषलाई हित हुनेगरी माटो प्रयोग गर्न आदेश दिए पनि अझै कामले गति लिएको छैन । ठेकेदार कम्पनीले माटो अभावले काम अवरुद्ध भएको जवाफ दिएको छ, अहिलेको ठेकेदारलाई अर्को प्रक्रियामा लैजाने हो भने दोब्बर रकम लाग्ने अधिकारी बताउछन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राई नयाँ प्रक्रियामा जाँदा दोब्बर रकम रु १२ अर्ब पुग्ने र निर्माण पनि १० वर्ष ढिला हुने बताउनुहुन्छ । उहाँले हालको कम्पनीलाई निरन्तरता दिँदा नै उपयुक्त हुने भएकाले सुलभ तरिकाले परियोजनाको कामलाई अघि बढाइनुपर्ने बताउनुभयो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले विमानस्थलको सामान व्यवस्थापन र पार्किङका लागि प्रगतिमूलक काम भएको बताउनुभयो । उहाँले रु ३४ करोड लागतको रिमोट पार्किङ बनाउने प्रक्रिया सुरु भएको र अबको १८ महिनाभित्र काम सकिने बताउनुभयो । 

हाल नौ विमान मात्र पार्किङ हुने विमानस्थलमा धेरै जहाज हुँदा आकाशमै केही समय उडिराख्नुपर्ने बाध्यता थियो । नयाँ पार्किङमा दुई विमान राख्न सकिन्छ । समितिले विमानस्थलको कार्य प्रगति सम्बन्धमा सरोकार भएका निकायका पदाधिकारीसँग छलफल गरेको हो । त्यस्तै क्यान अन्तर्गत कार्यरत कर्मचारीको सेवासुविधाबारे पनि समितिले पदाधिकारीसँग छलफल गरेका छन् । 

यसैबीच समितिले विमानस्थल विस्तारमा देखिएको अवरोध हटाउन कारण सहितको कार्ययोजना प्रतिवेदन दुई महिनाभित्र बुझाउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ । 

बैठकले क्यान अन्तर्गतका निकायमा कार्यरत कर्मचारीको सेवासुविधा सम्बन्धमा सञ्चालक समिति र मजदुर सङ्गठनबीच विगतमा भएको सहमति र सम्झौताका आधारमा क्यानले गरेका निर्णय समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ । त्यस्तै त्यहाँ कार्यरत कर्मचारीलाई तोकिएको जिम्मेवारी र कार्यसम्पादन नगरेमा कारबाही गर्न पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु