Skip to content
Friday, July 17, 2026 Nepali Online Media

खाना पकाउने ग्यासको मूल्य घट्यो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १६, काठमाडौँ । नेपाल आयल निगमले नजिकिँदो चाडबाडलाई ध्यानमा राखी खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।

चाडबाडको अवसर पारेर प्रतिसिलिन्डर मूल्य रु ५० घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले राससलाई जानकारी दिए । उनका अनुसार अब उपभोक्ताले प्रतिसिलिन्डर ग्यास एक हजार ३२५ मा किन्न सक्नेछन् । यसअघि उपभोक्ताले प्रतिसिलिन्डर ग्यासको रु एक हजार ३७५ तिर्दै आएका थिए ।

निगमले बिहीबार रातिदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरिएको जनाएको छ । आपूर्ति मन्त्रालयले यसअघि नै ग्यासको मूल्य घटाउने योजना बनाएको थियो ।

खाना पकाउने ग्यासको मूल्य घटे पनि पेट्रोलियम पदार्थको मूल्य भने तत्काल नघट्ने प्रवक्ता खनालले बताउनुभयो । निगमलाई आजसम्म खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु १११ नाफा थियो । रासस