साउन २३, काठमाडौँ | रात्रि बसले ठक्कर दिँदा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ मा १० वटा गाई–गोरु मरेका छन् ।
दाङबाट काठमाडौँ जाँदै गरेको बसले ठक्कर दिँदा राजमार्ग स्थित पानीधारा जङ्गलमा ५ वाट गाई र ५ गोरु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मीन बहादुर घलेले बताए ।
दुर्घटनामा संलग्न बा.०१– ००६ ख ५१७१ नम्बरको बस र चालक भूपेन्द्र बहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रात्रि बस छाडा चौपायालाई ठक्कर दिएर काठमाडौँ तर्फ लागेको थियो । गएराति करिब १२ बजेतिर बसले गाई–गोरुलाई ठक्कर दिएको हो ।
दुर्घटनामा संलग्न चालकलाई प्रहरीले ‘पशुपन्क्षी सम्बन्धी कसुर’मा अनुसन्धान गरिरहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!