अस्पतालको बेडमा कुकुर बसेपछि तीन स्वास्थ्यकर्मी निलम्बनमा

Posted on: 02 Jan, 2024

पुस १७, कपिलवस्तु  | कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ ।

अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने भएपनि इमर्जेन्सी कक्षको बेडमा कुकुर गएर सुतेपछि डिउटीमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पतालको इमर्जेन्सी फाँटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन्।


इमर्जेन्सी फाँटको बेडमा कुकुर सुतेको तस्विरसहित सामाजिक संजालमा भाइरल बनेको थियो । अस्पताल प्रशासनको सोमवार बसेको बैठकले घटनाको छानबिनपछि ३ जनालाई निलम्बनमा राखेको हो । २ जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेको अस्पताल प्रशासनले जनाएको छ ।

उक्त घटनाको छानबिनमा कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसेको खुलेको छ । अस्पतालमा रहेको सिसिटिभी फुटेज चेक गरेपछि उक्त कुरा प्रमाणित भएको थियो । अस्पतालका मेसु बिपिन जैसवालले लापरवाही गर्ने ३ जनालाई निलम्बन गरिएको जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!