वडाध्यक्ष र सदस्यको दबाबले सर्वसाधारणले आत्महत्या गरेको आरोप

Posted on: 03 Jul, 2023

असार १८, काभ्रेपलाञ्चोक | काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका १ स्थित सापिङका ६८ वर्षीय उडेन्द्रबहादुर पन्तको शव आठ दिनदेखि अस्पतालको मुर्दाघरमा राखिएको छ । ठडेन्द्रका छोरा २१ वर्षीय शेरबहादुर पन्त र ३६ वर्षीय रोमबहादुर पन्तले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा दिएको जाहेरी दर्ता नगरी प्रहरी आफैँ वार्ता गराइरहेको छ ।

'बुबालाई आत्महत्या गर्न बाध्य पार्नेहरू विरुद्ध किटानी जाहेरी दिएका  छौँ - छोरा शेरबहादुर पन्तले भने- 'प्रहरी जाहेरी दर्ता नगरी दिन दिन वार्ता भन्दै टारिरहेका छौँ । जाहेरी दर्ता नगरी शव बुझ्दैनौँ।' भुम्लु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ४५ वर्षीय लेखबहादुर श्रेष्ठ, वडा सदस्य तथा भीमेश्वर महिला कृषक समूहकी अध्यक्ष ४२ वर्षीया दानकुमारी महत खत्री र ४६ वर्षीया ताराबहादुर पन्त विरुद्ध पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी फिर्ता लिन पीडितलाई दबाब दिन आइतबार पनि धुलिखेलमा वार्ता गराइएको छ। २०८० असार १० गते विहान ६ बजे भुम्लु गाउँपालिकाको  सापिङ्ग स्थित उर्लेनीमा ठडेन्द्रबहादुर पन्तले रूखमा भुण्डिएर आत्महत्या गरेका थिए । तो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!