समाज | काभ्रेपलान्चोक - KVP


चिर्पट प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

Posted on August 20, 2023 | views : 376 | काभ्रेपलान्चोक - KVP

भदौ ३, काभ्रे | काभ्रेमा चिर्पट प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पाँचखाल नगरपालिका-१२ देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जनाएको छ । कुमारीको धुलिखेल अस्पतालमा

Read More

हाफ पेन्ट लगाएको भन्दै सेवाग्राही सेवाबाट वञ्चित

Posted on June 25, 2023 | views : 468 | काभ्रेपलान्चोक - KVP

असार १०, काभ्रे | जिल्ला प्रशासन कार्यालय काभ्रेले आज बिहान एक व्यक्तिलाई हाफ पेन्ट लगाएको भन्दै पासपोर्ट सेवामा रोक लगाएको छ । आइतबार बिहान एक जना व्यक्ति पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय काभ्रे हाफ पेन्ट लगाएर पुगेका थिए । उनलाई हाफ पेन्ट लगाएको भन्दै प्रशासनले पासपोर्ट बनाउने लाइनबाट ह

Read More

श्रीमानको कुटपिटबाट नमोबुद्ध नगरपालिकाकी वडा सदस्यको मृत्यु

Posted on June 15, 2023 | views : 631 | काभ्रेपलान्चोक - KVP

जेठ ३२, काभ्रे । श्रीमानको कुटाइबाट एकजना दलित महिला वडा सदस्यको मृत्यु भएको छ । काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ की दलित महिला सदस्य ज्ञानीमाया विकको हत्या गरेको अभियोगमा उनका पति सन्दु विकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार राति श्रीमानको कुटाइबाट मरणासन्न भएकी ज्ञानीमायाको उपचार

Read More

गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

Posted on June 07, 2023 | views : 330 | काभ्रेपलान्चोक - KVP

जेठ २४, बनेपा | काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ ।  काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो । सख्त घाइते उनको बनेपास्थित शिर

Read More

चण्डेश्वरी जात्रा : ‘ल्हाका पालुं हाः’मा रम्दै बनेपाली

Posted on May 06, 2023 | views : 238 | काभ्रेपलान्चोक - KVP

बैशाख २३, काभ्रेपलाञ्चोक | बनेपामा चण्डेश्वरी जात्रा सुरु भएको आज तीन दिन भयो । बुधबार अपराह्न हनुमान ढोकाबाट तरबार (खड्ग) ल्याई सरकारकातर्फबाट पूजा गर्ने व्यक्तिको सहभागिता जनाएपछि बनेपाको प्रसिद्ध चण्डेश्वरी जात्राको औपचारिक सुरुआत गरिएको हो । १७औँ शताब्दीदेखि हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णि

Read More

बनेपामा मोटरसाइकलको ठक्करबाट स्थानीय मृत्यु, अरनिको राजमार्ग ठप्प

Posted on May 02, 2023 | views : 250 | काभ्रेपलान्चोक - KVP

बैशाख १९, बनेपा | काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति  काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नंको  मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएको छ । बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्

Read More

काभ्रेमा विपद् : ९ महिनामा ५९ जनाको मृत्यु, ३७७ घाइते

Posted on April 27, 2023 | views : 227 | काभ्रेपलान्चोक - KVP

बैशाख १४, काभ्रेपलाञ्चोक | चालु आर्थिक वर्षको नौ महिनामा काभ्रेपलाञ्चोकमा चार सय २४ जना विपद्मा परेका छन् । तीमध्ये ५९ को मृत्यु भएको छ भने तीन सय ७७ घाइते तथा सुरक्षाकर्मीले ३३ को उद्धार गरेको जनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अघिल्लो आर्थिक वर्ष २०७८÷२०७९ मा चार सय ४३ विपद्मा परेक

Read More

शिक्षकलाई एक वर्ष तीन महिना कैद सजाय

Posted on April 10, 2023 | views : 304 | काभ्रेपलान्चोक - KVP

चैत २७, काभ्रेपलाञ्चोक | छात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिवानाकाे फैसला गरेको छ ।  प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक व

Read More

डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै

Posted on April 07, 2023 | views : 286 | काभ्रेपलान्चोक - KVP

चैत २४, काभ्रेपलाञ्चोक | विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ । काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनाभित्र पहिलो स्वस्थ सहरको मान्यता दिई सदस्यता प्रदान गर्ने

Read More

काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर

Posted on April 04, 2023 | views : 255 | काभ्रेपलान्चोक - KVP

चैत २१, काभ्रेपलाञ्चोक | महाभारत पर्वत शृङ्खला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडाँै लगियो । ‘सुत्केरी ब्यथा’ लागेपछि शनिबार स्थानीय ‘बर्थिङ सेन्टर’मा भर्ना भएकी उनलाई उच्च रक्तचापका कारण त्यहाँ सुत्केरी गराउन समस्या भ

Read More

काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

Posted on March 23, 2023 | views : 376 | काभ्रेपलान्चोक - KVP

चैत ९, धुलिखेल | काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको  छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो ।  दिनहँु राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी प

Read More

काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी

Posted on March 23, 2023 | views : 454 | काभ्रेपलान्चोक - KVP

चैत ९, धुलिखेल | काभ्रेपलाञ्चोककमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको  छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो ।  दिनहुँ राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी

Read More

काभ्रे केन्द्रविन्दु भएर भूकम्पको धक्का

Posted on March 05, 2023 | views : 706 | काभ्रेपलान्चोक - KVP

फागुन २१, काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्र भएर भूकम्प गएको छ । आज बिहान आठ बजेर तीन मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस भएको छ ।

Read More

बनेपामा बसको ठक्करबाट ८ बर्षीया बालिकाको मृत्यु, बिपि राजमार्ग बन्द

Posted on February 02, 2023 | views : 771 | काभ्रेपलान्चोक - KVP

माघ १९, बनेपा | बनेपामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएकाे छ  । बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले नमोबुद ७ स्थित २० किलोमा ८ बर्षीया बालिका दिबिसा अधिकारीलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएकाे हाे  । उक्त घटनालाई लिएर आफन्तहरुकाे आक्रोशित भिडले बा २ ख ७३४२ नम्बरको बसमा आगजनी गरेका छन्

Read More

राजमार्गमा फोहर फाल्नेलाई कारबाही गर्दै नगरपालिका

Posted on January 19, 2023 | views : 594 | काभ्रेपलान्चोक - KVP

माघ ५, धुलिखेल | नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बिपी राजमार्गमा फोहर फाल्ने सवारीसाधन तथा यात्रुलाई कारबाही गर्ने भएको छ ।  नेपाल प्रहरीसँगको सहकार्यमा नगरपालिकाले बिपी राजमार्ग प्रयोगकर्तालाई फोहरजन्य सामग्री फाले कारबाही गर्ने निर्णयसहित सचेत गराएको हो ।  सो राजमार्ग भएर यात्

Read More

विभिन्न मुद्दाका नौ जना फरार प्रतिवादी पक्राउ

Posted on January 10, 2023 | views : 604 | काभ्रेपलान्चोक - KVP

पुस २६, काभ्रेपलाञ्चोक | जिल्ला प्रहरी कार्यालय धुलिखेलले विभिन्न मुद्दाका नौ  फरार प्रतिवादी पक्राउ गरी काभ्रे जिल्ला अदालतमा पेस गरेको छ । जिल्ला अदालत तथा उच्च अदालतलगायतका निकायबाट ठगी, भ्रष्टाचार, बोक्सीको आरोप, बैंकिङ कसुर, लागुऔषध, गाली बेइज्जती मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहे

Read More

काभ्रे बेथानचोक दुर्घटनाः गाउँपालिकामा शोक बिदा

Posted on December 14, 2022 | views : 696 | काभ्रेपलान्चोक - KVP

मङ्सिर २८, काठमाडौँ |  काभ्रेको बेथानचोक गाउँपालिकाले आज शोक विदा दिने निर्णय गरेको छ । मंगलबार साँझ भएको बस दुर्घटनामा परि मृत्यु भएकाहरूप्रति दःख व्यक्त गर्दै र घाइतेहरूप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै गाउँपालिकाले शोक विदा दिने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले स

Read More

काभ्रे बस दुर्घटना : मृतक १३ जनाको पहिचान खुल्यो

Posted on December 14, 2022 | views : 566 | काभ्रेपलान्चोक - KVP

मङ्सिर २८,  काभ्रेपलाञ्चोक | काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ ।  जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, ११ व

Read More

हराएको बुद्धको मूर्ति ४८ वर्ष पछि भेटियो

Posted on November 25, 2022 | views : 660 | काभ्रेपलान्चोक - KVP

मङ्सिर ९, धुलिखेल | काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ ।  हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताउनुभएको छ । बहिटोलबाट हराएको उक्त बुद्धमूर्ति आग

Read More

लप्सी टिप्ने क्रममा रूखबाट लडेर काभ्रेमा ३१ वर्षीय युवकको मृत्यु

Posted on November 15, 2022 | views : 678 | काभ्रेपलान्चोक - KVP

कात्तिक २९ काठमाडौँ | बेथानचोक गाउँपालिका-४ पटगाउँबेसी बस्ने ३१ वर्षीय इन्द्र कुमार तामाङको रूखबाट लडेर सोमबार दिउँसो मृत्यु भएको छ।  छिमेकीको बारीमा रहेको लप्सीको रूखमा चढी लप्सी टिप्ने क्रममा रूखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौक

Read More

काभ्रेपलाञ्चोकमा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु

Posted on October 17, 2022 | views : 844 | काभ्रेपलान्चोक - KVP

असोज ३१, काठमाडौँ | काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ कुखुरेपाखामा आज जेसिबी अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जेसिबि चालक रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् ।  कुखुरेपाखाबाट कटुन्जे तर्फ जादै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबि अन

Read More

भारतको १० अर्ब अनुदानमा काभ्रेपलाञ्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भूमि प

Posted on September 23, 2022 | views : 634 | काभ्रेपलान्चोक - KVP

असोज ७, काभ्रेपलाञ्चोक। भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको आज भूमि पूजा गरिएको छ ।  गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणक

Read More

बनेपामा बस फुटाउन खोज्दा ‘विप्लव’ कार्यकर्ता कुटिए, ८ जना पक्राउ

Posted on August 23, 2022 | views : 828 | काभ्रेपलान्चोक - KVP

भदौ ७, बनेपा | काभ्रेको बनेपामा सडक बन्द गराउन हिँडेका एकजना युवकलाई स्थानीयले कुटपिट गरेका छन् । बनेपा नगरपालिका स्थित चार दोबाटो चोकमा बसको सिसा फुटाउन खोज्ने कालिकोट घर भएका २४ वर्षीय पल राउतलाई स्थानीयले कुटपिट गरेका हुन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आह्वान गरेको छ

Read More

बिहे गर्छु भनेर गेस्ट हाउसमा बोलाएर बलात्कार, एक लाख नगद पनि लुटे

Posted on June 21, 2022 | views : 2641 | काभ्रेपलान्चोक - KVP

असार ७, काठमाडौं | बिहे गर्छु भनेर गेस्ट हाउसमा बोलाएर एक युवतीमाथि बलात्कार भएको छ । भोटेबहालस्थित एक गेस्ट हाउसमा राखेर बलात्कार गर्दै उनीसंग भएको नगद एक लाख रुपैयाँ समेत लुटेर लगेका छन् । बलात्कार र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेको तिमाल गाउँपालिका ९ घर भई हाल बनेपामा डेरा गरी बस्ने

Read More

पनौतीको आइटी पार्क नजिकै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on June 05, 2022 | views : 775 | काभ्रेपलान्चोक - KVP

जेठ २२, काभ्रेपलाञ्चोक | काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित आइटी पार्क नजिकै गएराती भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सिन्धुलाल्चोकको बलेफी नगरपालिका–६ का अन्दाजी २८ वर्षीय फुलकाजी तामाङ रहेका छन् ।  पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ७३ प ७५०२ नम्

Read More

जेठमै आएको बाढीले जलमग्न बन्यो बनेपा, अरनिको राजमार्ग अवरुद्ध

Posted on May 30, 2022 | views : 855 | काभ्रेपलान्चोक - KVP

जेठ १६, बनेपा | जेठमै आएको बाढीले काभ्रेको बनेपा बजार जलमग्न बनेको छ । स्थानीय पुण्यमाता खोला बजारमा पस्दा बनेपास्थित पुलबजार क्षेत्रमा सडक अवरुद्ध बनेको स्थानीय रविन गौतमले जानकारी दिए । अतिक्रमण गरी खोलालाई निकै साँघुरो बनाइएकाले सानोतिनो पानी आउँदा पनि बनेपा बजार जलमग्न हुने गरेको छ । स्थानीय सरक

Read More

चट्याङ लागेर २ जनाको मृत्यु

Posted on May 17, 2022 | views : 1216 | काभ्रेपलान्चोक - KVP

जेठ २, काठमाडौं | काभ्रे र झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।  काभ्रेको रोशी गाउँपालिका–९ पलान्चे बस्ने १६ वर्षीया साजनी लुङ्गेलीको चट्याङ लागेर सोमबार मृत्यु भएको छ ।  बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि भकुण्डे स्थानीय मेडिकलतर्फ लैजाने क्

Read More

एक जना मतदाताले परिवारकै अर्का मतदाताकाे मत हाल्दा---

Posted on May 13, 2022 | views : 1421 | काभ्रेपलान्चोक - KVP

वैशाख ३०, काठमाडौँ | काभ्रेकाे चाै‌ंरीदेउराली गाउँपालिकामा मतदानकाे क्रममा विवाद उत्पन्‍न भएकाे छ । विवाद भएपछि अहिल सर्वदलीय बैठक बसिरहेकाे काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जाेशीले बताए ।  उनका अनुसार बैठकबाट  विवाद  निरुपण हुने र त्यसपछि  निर्वाचन हुने जानकारी  दिए । '

Read More