Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न पुगेका छन् । बुधबार प्रचण्डसहितका विपक्षी दलका नेताहरु राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न अध्यादेश ल्याउन खोजेको आशंका गर्दै उक्त विधेयक आएमा जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय विपक्षी दलहरूले गरेका थिए।

माओवादीसहितका विपक्षी दलले सोमबार प्रधानमन्त्री ओलीलाई पनि ध्यानाकर्षणपत्र बुझाएका थिए । विपक्षी दलमा माओवादी केन्द्रसहित रास्वपा, नेकपा एस, राप्रपा र आम जनता पार्टी छन् ।