Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

किताब खानाका शाखा अधिकृत धनेश्वर प्रसाईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना छाउनीका शाखा अधिकृत धनेश्वर प्रसाईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाखा अधिकृत प्रसाईसहित तीनजनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

केही समयअघि सेवाग्राहीबाट तीन लाख घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका सिलसिलामा राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीका शाखा अधिकृत प्रसाई,कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलेमतोमा सेवाग्राहीको नियमानुसार पेन्सन पट्टा बनाइ दिनका लागि विभिन्न बहान बनाइ तीन लाख घुस लिएको खुल्न आएको आयोगले जनाएको छ।

उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो,कैद सजाय माग गरिएको आरोप -पत्रमा उल्लेख छ।