२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष दाहाल

२०८२, १ बैशाख सोमबार २१:४८

नवलपुर (नवलपरासी) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय जनताले माओवादी केन्द्रप्रति भरोसा गरेको बताउनुभएको छ ।

आज साँझ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित ‘जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले झापादेखि नवलपुरसम्म आउँदा माओवादी केन्द्रलाई जनताले भरोसा गरेको अनुभूति भएको बताउनुभयो ।

उहाँले अहिले देशको राजनीति असहज अवस्थाबाट गुज्रिएकाले यसलाई सहज परिस्थिति बनाउन थुप्रै खबरदारी अभियान गरिएको उल्लेख गर्नुभयो ।

माओवादी केन्द्रले झापाबाट सुरु गरेको अभियान कञ्चनपुरसम्म पुग्ने भएकाले हालसम्म लाखौँ जनताको सहभागिता रहेको उहाँको भनाइ छ । “अभियानका क्रममा मैले सहिद, बेपत्ता, योद्धा परिवार, गरिब, मजदुर, किसानहरुको कुरा नजिकबाट सुन्ने अवसर पाएको छु”, उहाँले भन्नुभयो, “यस अवसरमा आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम थारु समुदायको अहिलेको चाहना र आवश्यकतालाई नजिकबाट बुझ्ने कोसिस गरेको छु ।”

जनताकै घरमा बसेर जनताको कुरा जनताकै मुखबाट सुन्ने कोसिस गर्दा माओवादी केन्द्र राष्ट्रप्रति गम्भीर, जनताप्रति इमानदार, परिवर्तनप्रति संवेदनशील र सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिप्रति समर्पित पार्टी हो भन्ने कुरा जनताले बुझ्ने अवसर पाएका उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ