नारायणी नदी किनारमा तीन शव भेटिए

Posted on: 09 Jul, 2024

असार २५, नवलपरासी । जिल्लाको पूर्वी क्षेत्र गैडाकाेट १ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा ३ वटा शव भेटिएकाे छ ।

नदीले बगाई ल्याएकाे आशंका गरिएका करिब ४५ र ६० वर्षका २ पुरुष र ४०/४५ बर्षकै १ महिलाकाे भएको जिप्रका नवलपरासी पूर्वका प्रवक्ता प्रनाउ बेदबहादुर पौडेलले बताए ।

प्रहरीले नदीमा भेटिएका ३ ओटै बेवारिसे शवकाे बारेमा आवश्यक अनुसन्धान  भईरहेकाे जनाएकाे छ ।

माछा मार्न गएका मछुवारहरूले नदी किनारमा मानिसका शव देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!