बैशाख १८, नवलपरासी । नवलपरासीको बर्दघाट ९ भुताहाका टोपबहादुर राना (अनुप) १४ बर्ष मुनिको राष्ट्रिय फुटवल टिममा छनौट भएका छन् । 

सानै उमेरदेखि फुटवलमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १८, नवलपरासी । नवलपरासीको बर्दघाट ९ भुताहाका टोपबहादुर राना (अनुप) १४ बर्ष मुनिको राष्ट्रिय फुटवल टिममा छनौट भएका छन् । 

सानै उमेरदेखि फुटवलमा"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नवलपरासीका अनुप राष्ट्रिय फुटवल टिममा छनौट

१८ बैशाख २०७४, सोमबार ०६:५२

बैशाख १८, नवलपरासी । नवलपरासीको बर्दघाट ९ भुताहाका टोपबहादुर राना (अनुप) १४ बर्ष मुनिको राष्ट्रिय फुटवल टिममा छनौट भएका छन् । 

सानै उमेरदेखि फुटवलमा रुचि राख्दै स्थानीयस्तर खेलमा सहभागी हुदै आएका राना १४ बर्ष मुनिको राष्ट्रिय फुटवल टीममा छनौट भएका हुन ।  नवलपरासीको प्रतिनिधित्व गर्दै राना राष्ट्रिय छनौटमा परेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार आलेले जानकारी दिए । 

पश्चिमाञ्चलक्षेत्रबाट २ सय बढि सहभागीलाई उछिन्दै उनले काठमाण्डौमा भएको  अखिल नेपाल फुटवल संघ (एन्फा)को छनौट प्रतिष्पर्धामा समेत आफूलाई खरो रुपमा प्रस्तुत गरेका थिए । राना गोलकिपरमा बिशेष दख्खल राख्छन् । उनी १४ बर्ष मुनिको फुटवल टिममा गोलकिपर हुनेछन् । एन्फा नवलपरासीका महासचिव सेतमान पुनका अनुसार टिममा छनौट भइसकेका उनलाई एन्फाले काठमाण्डौमा अध्ययन प्रशिक्षण तथा अरु सबै खर्च बेहोर्छ । 

त्यस्तै उनी १४ बर्ष मुनिको टिममा छनौट भएपछि उनका परिवार शुभेच्छुक तथा खेलप्रेमी स्थानीय खुसी भएका छन् ।  उनको परिवारमा भएको त्यो खुसीले  उनका शुभेच्छुक तथा खेलप्रेमीहरुलाई समेत खुसी बनाएको स्थानीय एक युवाले बताए । 

उनका वुवा बुद्धि प्रसाद राना र ममता रानालाई समेत छोराको सफलताबाट खुसी लागेको छ । उनका बुवा भारतीय सेनामा कार्यरत छन् । म आएकै बेला छोरो सेलेक्सनमा परेको छ – अनुपका बुवा बुद्धिले भने– सन्तानका खुसी को पो खुसी हुदैन र ।  


सबैको सहयोगले म छनौट भए आउने दिनमा समेत यस्तै शुभेच्छको अपेक्षा लिएको छु – छनौट भएका खेलाडी रानाले भने – मम्मी ड्याडी र दिदी लगायत परिवार सबैको प्रेरणाबाट म छनौट भएको छु ।

छनौट भएपछि झनै लगनशील भएर खेलमा सहभागी हुने उत्साह मिलेको उनले बताए । सालबाल सनराईज इंगलिस स्कुलमा कक्षा  ९ मा अध्ययनरत अनुपको सफलताबाट  बिद्यालयमा समेत खुसी छाएको प्रिन्सिफ बालकृष्ण लम्सालले बताए । 

पढाईमा समेत बाबु लगनशील र इमान्दार छ – लम्सालले भने– खेलमा मुख्य गरी गोलकिपरमा उनी अब्बल छन्  इमान्दारिता र लगनशिलताले त्यहां सम्म पु¥यायो । आफ्नो बिद्यार्थी छनौटमा परेकोमा खुसी लागेको लम्सालले सुनाए । 

रानाको छनौटले स्थानीय युवा तथा किशोरहरुमा खेलप्रति रुचि जाग्दै जाने संकेत मिलेको स्थानीयले बताएका छन् । नेपाली फुटवलका स्ट्राइकर बिमल घर्ती मगर पनि बर्दघाट नगरपािलका भुताहा निवासी हुन । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ