असोज ७, काठमाडौं | प्रेम सम्बन्धलाई निरन्तरता दिन आफ्नै अभिभावकलाई ठग्ने योजना बनाएका एक जोडी प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी ललितपुरमा बुधबार साँझ साबु भन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ७, काठमाडौं | प्रेम सम्बन्धलाई निरन्तरता दिन आफ्नै अभिभावकलाई ठग्ने योजना बनाएका एक जोडी प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी ललितपुरमा बुधबार साँझ साबु भन"/>
2026-06-20 04:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेमीको ऋण तिर्न प्रेमिकाद्वारा आफैलाई अपहरण (यस्तो छ रहश्य)

असोज ७, काठमाडौं | प्रेम सम्बन्धलाई निरन्तरता दिन आफ्नै अभिभावकलाई ठग्ने योजना बनाएका एक जोडी प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी ललितपुरमा बुधबार साँझ साबु भन्ने सिर्जना खड्का अपहरणमा परेको उजुरी पर्‍यो । प्रहरीले सो उजुरीमाथि अनुसन्धान गर्दा बिहीबार बिहान ८ बजे अपहरणमा परेकी सिर्जना र उनको प्रेमी सिजन भन्ने रामचन्द्र खत्रीलाई पक्राउ गर्‍यो । जसबाट प्रेम सम्बन्धका कारण प्रेमीको ऋण तिरिदिन साबुले आफ्ना अभिभावकसँग गरेको नाटक मात्रै हो भन्ने पत्ता लाग्यो । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वर कार्कीका अनुसार उनीहरूको स्थायी घर एकै स्थानमा रहेकाले लामो समयदेखि प्रेममा थिए । पाटनढोका बस्ने साबु भन्ने सावित्री खड्का र प्रेमी काठमाडौं चक्रपथ चप्पल कारखाना बस्ने रामचन्द्र खत्रीको स्थायी घर सिन्धुपाल्चोक कर्थली हो । दुवैजनाले भर्खरै १२ कक्षाको परीक्षा दिएर बसेका हुन् । घर पनि एकै ठाउँ पढाइ पनि समानस्तर र प्रेम सम्बन्ध पनि भएकाले सावित्रीले रामचन्द्रको समस्या सुल्झाउन आफैं अपहरणमा परेको नाटक गरेकी थिइन् । 

प्रहरीका अनुसार बुधबार दिउँसो दुवैजना मिलेर सावित्रीको मोबाइलबाट अपहरण परेको र भनेजति रकम नदिए मुम्बईको कोठीमा प-याइदिन्छु, प्रहरी तथा आफन्त कसैलाई खबर नगर्नु, गरेमा राम्रो हुँदैन भनेर सावित्रीकी दिदीलाई एसएमएस पठाएका थिए ।

सोही एसएमएसलाई आधार मानेर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । परिसरका प्रवक्ता कार्कीका अनुसार रामचन्द्र केही महिनाअघि काठमाडौं आएका थिए । उनी काठमाडौं आएपछि भारतीय नेटवर्क कम्पनीमा काम गर्दा उनलाई ऋण लागेको थियो । साथीभाइसँग पैसा उठाएर नेटवर्किङको व्यापार गर्दा उनी ऋणमा डुबेपछि सो कुरा सावित्रीलाई बताएका थिए । आफू निकै समस्यामा परेको र ऋण तिर्ने उपाय नभएको भन्दै आपसी सहमतिमा सावित्रीकै मोबाइलबाट एसएमएस पठाएका थिए । तर, एसएमएसमा पैसा भने उल्लेख गरेका थिएनन् । प्रहरीमा दिएको बयानअनुसार २ लाख माग्ने उनीहरुको योजना थियो ।

सावित्रीकै मोबाइलबाट उनकी दिदीलाई एसएमएस पठाएपछि दिदीले ललितपुर प्रहरीको सहयोग मागेकी थिइन् । ‘बहिनी अपहरणमा परेको भन्दै दिदीले गरेको उजुरी र उनीहरूले पठाएको एसएमएसका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो, उनीहरूलाई बिहान पक्राउ गर्न सफल भइयो,’ प्रवक्ता कार्कीले भने अनुसन्धान गर्दै जाँदा उनीहरू दुवैको योजनामा रामचन्द्रले साथीहरूसँग लिएको ऋण चुक्ता गर्न पैसा जुटाउने उद्देश्यले अपहरणको नाटक गरेको रहेछ ।’ समाजमा नकारात्मक असर पर्ने काम गरेकाले उनीहरू दुवैजनालाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाएको छ । – यो खबर आजको राजधानी दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ