Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चीनले सोध्न थाल्यो- पहिलेका सम्झौता के हुन्छ ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/33af699662ec16940aea2f199c9aa7f81474684211.jpg" style="width: 600px; float: left;">असोज ८, काठमाडौं | चीन सरकारले नेपालको विकासका लागि पूर्ववर्ती सरकारले गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने विषयमा जोड दिएको पाइएको छ । नेपालका सरकारी टोलीले विभिन्न समयमा गरेको चीन भ्रमणमा गरेका दर्जनौ सम्झौताबारे नेपालले चासो नदेखाएकोमा चीनले दुःख व्यक्त गरेको छ।</p><p>चीनका कार्यबाहक राजदूत हरिश्चनद्र घिमिरेले सरकारका प्रधानमन्त्रीदेखि विभिन्न उच्च तहका नेताको भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन नभएकोमा चीनले चीन्ता व्यक्त गरेको जानकारी दिए । ‘हरेक पटकको चीन भ्रमणका क्रममा उच्च टोलीसँग भेटघाट गर्दा पुरानो सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन् । त्यस विषयमा सरकारलाई जानकारी गरिएको छ,’ उनले भने।</p><p>हरेक उच्च तहको भ्रमणका क्रममा चीन सरकारले सोध्ने गरेको छ- पहिला गरेको सम्झौताको निरन्तरता केही भयो त ? तातोपानी नाका खुलाउने सम्बन्धमा नेपाल सरकारले चीन सरकारलाई पटकपटक आग्रह गर्ने गरेको जानकारी उनले भने, ‘नेपालको राजश्व संकलन हुने तेस्रो ठूलो नाका बन्द हुँदा नेपाल र चीन दुबैलाई ठूलो घाटा भइरहेको दुबैले बुझेका छन् । तर समस्या जस्ताको तस्तै देखिएको छ।’ – नेपाल समाचार पत्र &nbsp;</p>